चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको भ्रमणमा जाने

एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिनले आगामी महिना उत्तर कोरियाको राजधानी पोङयाङको भ्रमण गर्ने भएका छन् ।

कुनै स्रोत उल्लेख नगरी द स्ट्रेट टाइम्सले  अमेरिकी चीन बीच व्यापार तनाव बढिरहेका बेला यो भ्रमण दुई देशबीचको सम्बन्ध बलियो बनाउन हुन लागेको जनाएको छ ।

उत्तर कोरियाका नेता किम जोंग उनले चिनियाँ राष्ट्रपति सीलाई पोङयाङ भ्रमण गर्न निम्तो गरेका हुन् । उत्तर कोरियाले देशको ७०औं स्थापना दिवसको अवसरमा सीको यो भ्रमण हुन लागेको हो ।

सन् २०१२मा सत्ता सम्हालेयता चिनियाँ राष्ट्रपति सीले गर्ने उत्तर कोरियाको भ्रमण पहिलो हुनेछ ।

उत्तर कोरियाले यो महिनाको शुरूमा दक्षिण कोरियाली राष्ट्रपति मून जाएलाई उच्चस्तरी वार्ताका गर्नका लागि बोलाएको आसाहि शिम्बुनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?