करणको फिल्ममा अटाइनन् जाह्नवी कपूर

मुम्बई – हालै एउटा खबर फैलिएको थियो कि, फिल्म ‘धडक’ बाट चर्चामा आएकी जाह्नवी कपूरलाई बलिउडमा तेस्रो फिल्म मिलेको छ । उनै छिट्टै नै करण जोहरको फिल्म ‘दोस्ताना २’ मा देखिने छिन् । यसमा उनका साथ सिद्धार्थ मल्होत्रा पनि हुनेछन् ।

तर, यो अहिले आएर हल्ला मानिएको छ ।

जाह्नवी ‘तख्त’ फिल्ममा देखिने छिन् । साथै फ्यानलाई लागेको थियो, रोमान्टिक फिल्म ‘दोस्ताना २’ मा उनको अभिनय हेर्न पाइनेछ । तर, फिल्मका निर्माता करण जोहरले फिल्ममा जाह्नवी नभएको बताएका छन् ।

कास्ट फाइनल हुनासाथ उनले फिल्ममा को को छन् भनेर पक्कै खुलाउने छन् । फिल्म ‘दोस्ताना’ मा अभिषेक बच्चन, जोन अब्राहम र प्रियंका चोपडा थिए ।

यसको सिक्वेल करीब दश वर्षपछि बन्न लागेको हो । यो फिल्मलाई धर्मा प्रोडक्सनले नै बनाउन थालेको हो । करण जोहर दश वर्षदेखि यो फिल्मको स्किृप्टको खोजीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?