एकीकृत निर्देशिका, २०७५ : ऋणको भाखा महिना नाघे थप ५ प्रतिशत छुट्याउनुपर्ने

काठमाडाैं : भाखा नाघेको ऋण उठाउन नसक्ने बैंक तथा वित्तीय संस्थाले नोक्सान व्यवस्थापनका लागि थप ५% रकम छुट्याउनुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका, २०७५ मा उल्लेख भएअनुसार अबदेखि ऋण लिनेले भाखा नाघेको १ महिनासम्म पनि ऋण चुक्ता नगरेमा नोक्सान व्यवस्थापनका लागि ऋण दिनेले ५% रकम छुट्याउनुपर्ने भएको हो । 

यसअघि ३ महिनासम्म भाखा नाघेको ऋणलार्इ पनि बैंक र वित्तीय संस्थाले असल कर्जा भनि व्याख्या गर्न पाउँथे र अाफ्नो संस्थाको स्थिति बलियो रहेको देखाउन कोशिस गर्ने गरेका थिए । 

 लघुवित्त र किसानलार्इ फार्इदा 

नयाँ निर्देशिकामा उल्लेख भएअनुसार अब लघुवित्तहरूले साना प्रकृतिका व्यवसाय सञ्चालनका लागि ऋण प्रवाह गर्दा अनुमानित वित्तीय विवरण अनिवार्य रूपमा लिनु नपर्ने भएको छ । यस्ता व्यवसायमा लघुवित्तले ५० लाख रूपैयाँसम्म चालु पुँजी प्रकृतिको कर्जा प्रवाह गर्न पाउनेछन् । 

यसैगरि, मोटरबाटो नपुगेका खेतीयोग जमिन धितो राखेर ऋण लिँदा यसअघि दिने गरिएको भन्दा दोब्बर रकम ऋण पार्इने भएको छ । यो व्यवस्थाले जमिन धितोमा राखेर ऋण लिर्इ व्यवसायिक कृषि गर्न र कृषि प्रशोधन उद्योग गर्न चाहने किसानलार्इ फार्इदा पुग्ने देखिएको छ । 

बाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राख्दा यसअघि १० लाख रूपैयाँसम्म कर्जा लिन सकिन्थ्यो । नयाँ व्यवस्थासँगै अब २० लाख रूपैयाँसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?