प्रचण्ड अघि-अघि, बृद्धभत्ता पछि-पछि !

काठमाडाैं : मासिक ५ हजार रूपैयाँ बृद्धभत्ता दिने चुनावी अाश्वासन पुरा गर्न नसक्दा चर्को अालोचना खेपिरहेको सत्ताधारी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडाैंदेखि दिल्लीसम्म 'भत्ता बढाउने चुनावी झुठ' को प्रतिरक्षा गर्नुपरेको छ । 

३ दिने भारत भ्रमणका क्रममा शुक्रबार बिहान नयाँ दिल्लीमा पनि प्रचण्डले भत्ताको चुनावी अाश्वासनबारे प्रष्टिकरण दिनुप-यो । बारखम्बास्थित भारतका लागि नेपाली दुतावासमा (ने.क.पा.) का कार्यकर्ताले नै सरकारको व्यापक अालोचना गरेपछि प्रचण्डले पुरक बजेट ल्याएर भएपनि बृद्धभत्ताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । 

प्रदेश र संघको चुनावताका मासिक ५ हजार रूपैयाँ बृद्धभत्ता दिने भन्दै भोट मागेको तत्कालीन वाम गठबन्धनले चुनावमा सरकार गठनका लागि अावश्यक मत प्राप्त गरेको थियो । यही गठबन्धनको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले चालु अार्थिक बर्षको बजेटमा बृद्धभत्ता बढाउनेबारे कुनै कार्यक्रम नल्याएपछि (ने.क.पा.) 'चुनावी प्रतिवद्धताको उधारो भुमरी'मा फसेको छ । 

भदाै १९ गते मंगलबार पनि प्रचण्डले अाफ्नो निवास खुमलटारमा पत्रकारहरूसामु बृद्धभत्ता विवादमा सरकारको प्रतिरक्षा गरेका थिए । उनले पुरक बजेट ल्याएर भएपनि यो समस्या समाधान गर्न सकिने भएकाले बिषयलार्इ बढि विवादित बनाउन अावश्यक नरहेको अाशय व्यक्त गरेका थिए । तर, वृद्धभत्ताको अाश्वासन पुरा नगर्दा पार्टीका कार्यकर्तालार्इ स्थानीयस्तरमा काम गर्न समस्या भर्इरहेको तथ्यलार्इ भने प्रचण्डले लुकाउन सकेनन् ।

तत्कालिन माओवादी केन्द्र तत्कालिन एमालेसँग एकता भएपछि गुमनामजस्तै देखिएका प्रचण्डमाथि तल्लातहका कार्यकर्ताले चुनावी वाचाका कारण आफुहरू समस्यामा परेको बताउने गरेको उनैले स्वीकारे । ''चुनावी वाचा पुरा नगर्दा समस्या भयो, अहिले जिल्लामा जाँदा बुढाबुढीले सराप्न थाले,'' प्रचण्डले त्यतिखेर भनेका थिए ''बुढाबुढीलार्इ राज्यले दिने सहायताको महत्व निकै धेरै हुनेरहेछ, बजेटमार्फत ५ सय मात्रै थपिदिन पाएको भए र ५ बर्षभित्र ५ हजार रूपैयाँ पु-यार्इदिन्छौं भन्न पाएको भए अहिले पार्टी निकै लोकप्रिय हुन्थ्यो ।'' सामाजिक सुरक्षा भत्ताजस्ता लोकप्रिय कार्यक्रम सुनेर भोट हालेका बा-आमाहरूले अहिले सराप्न थालेको दाहालले बताएका थिए।

अार्इतबार भारत भ्रमणबाट फर्किएका प्रचण्डले विमानस्थलमा पनि बृद्धभत्ताकै विषयमा कुरा गरे । बृद्धभत्ता बढाउन पुरक बजेट ल्याउनेबारे पार्टीको नेतृत्वतहमा समझदारी बनिसकेको उनले दाबी गरे । सरकारलार्इ दुर्इ तिहार्इ मत प्राप्त भएपनि मताधिकारप्राप्त सरकारले ल्याएको बजेट अनुकूल नभएकाले नागरिकमा निराशाको मात्रा बढेको दाहालले बताएका छन् । बृद्धभत्ता बढाउन अाम नागरिकबाट अाएका सुझाव र सल्लाहलार्इ पार्टीले अात्मसात गर्ने र सोहीअनुसार पुरक बजेट ल्याउने दाहालले प्रतिक्रिया दिए ।
 

नेपालमा वि।सं। २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्धभत्ता दिन थालिएको हो । तत्कालिन मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारले ७० बर्ष पुगेका जेष्ठ नागरिकलार्इ मासिक १ सय रूपैयाँका दरले बृद्धभत्ता उपलब्ध गराउन थालेको थियो । 

हाल सरकारले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपाङ्ग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई समेत सामाजिक भत्ता दिन थालेको छ।

अहिले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई एक हजार र औषधि उपचारका लागि एक हजार गरी मासिक २ हजार रूपैयाँ भत्ता दिर्इरहेको छ । यस्तै, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जातिलाई पनि मासिक एक हजार रूपैयाँ भत्ता वितरण गरिरहेको छ । अहिले नेपालमा करिब १२ लाख ८ हजार जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

भत्ता बढ्ने आशा देखाएपछि भोट पार्इन्छ भनि चुनावताका '५ हजार भत्ता' को नारा दिएका स्थानीय पार्टी परिचालक एवं नेता-नेता कार्यकर्ताले भत्ता नबढ्दा अहिले गाउँठाउँमा मुख देखाउन पनि समस्या परिरहेको रिपोर्टिङ केन्द्रमा गर्ने गरेको (ने.क.पा.) का नेताहरूले बतार्इरहेका छन् । 

बुढाबुढीले देख्नासाथ सराप्ने गरेको रिपोर्टिङ केन्द्रमा अाएपछि (ने.क.पा.) लार्इ भत्ताको विषय निल्नु न अोकल्नु भएको छ ।

यो पनि :
भत्ताको बाचाले (ने.क.पा.) को सत्ता संकटमा, पूरक बजेट ल्याउने कोशिश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?