कञ्चनपुरमा अामाकै काखबाट ९ महिनाकी बालिका चाेरियो

कञ्चनपुर : पुनर्वबास नगरपालिका-८ कि बेलुदेबी विष्टले काखमा राखेर सुतार्इरहेकी ९ महिनाकी छोरी चोरी भएको छ । 

प्रहरीका अनुसार तीज मान्न मार्इत गएकी बेलुदेवी सुतिरहेको स्थानबाट राती २ बजे बालिका चोरिएकी हुन् । 

नचिनेको मानिसले अाफ्नी छोरी लगेको अामा बेलुदेवीले बताएकी छिन् ।

बच्चा चोरिएको घटनाबारे अनुसन्धान शुरू भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?