कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटियो

कञ्चनपुर : पुनर्वबास नगरपालिका-८ कि बेलुदेबी विष्टको काखैबाट हराएकी भनिएकी ९ महिने छोरी भेटिएकी छिन् । 

नजिकैको धानबारीमा रोर्इरहेको अवस्थामा बालिका भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बेलुदेवीले काखमा राखेर सुतार्इरहेकी ९ महिनाकी छोरी चोरी भएको बताएकी थिर्इन् ।

तीज मान्न मार्इत गएकी बेलुदेवी सुतिरहेको स्थानबाट राती २ बजे बालिका चोरिएकी उनले दाबी गरेकी थिर्इन् ।

बच्चा हराएलगत्तै प्रहरीले खोजी र अनुसन्धानलार्इ तीब्र पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?