‘बुढी पोल्ने’ पर्व मनाउँदै सुदुरपश्चिमेली

मंगलसेन (अछाम) : सुदुरपश्चिम क्षेत्रमा अाज 'बुढी पोल्ने पर्व' मनार्इँदैछ । द्वापर युगमा पुतनाले अाफ्नो बिषालु दुध चुसार्इ बालबालिकाको हत्या गर्ने गरेकोमा श्रीकृष्णले दुध चुसेरै पुतनालार्इ मारिदिएको खुशीमा यो पर्व मनार्इन्छ । 

यो पर्व महाभारतकालीन किंबदन्तीमा अाधारित छ । भगवान श्रीकृष्णले राक्षस स्वाभावकी 'पुतना'लाई मारेपछि गोठालाले पुतनाको शव दहन गरेको कथाअनुसार यो पर्व नेपालको सुदुरपश्चिम क्षेत्रमा मनाउँदै अार्इएको छ । 

भदाै १ गते (संक्रान्ति) का दिन गाडिएको लिंगोमा अाज साँझ बुढी पोल्ने तथा काँक्रो खाँदै लुतो फाल्ने चलन रहेको छ । अाज बुढीको प्रतिमा राख्ने र गोठालले दिनहुँ त्यसमा रूखका हाँगा थप्ने गर्छन् । 

रूखका हाँगा थपिँदै जाँदा केही समयमै निकै ठूलो 'बूढी' बन्ने र पुत्लासहित त्यसलार्इ साँझमा जलाउने गर्छन् । 

यसरी जलार्इएको पुत्लाको तिलक गार्इबस्तुलार्इ लगाउने गरिन्छ । यस्तो तिलक लगाएपछि गार्इबस्तुलार्इ कुनै रोग नलाग्ने धार्मिक विश्वास यस क्षेत्रमा रहेको छ । 

नेपालको डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, डोटी र बाजुरा, यसक्षेत्रबाट बसार्इँ सरी कैलाली लगायत जिल्लामा गएका सुदुरपश्चिमेली एवं भारतको उत्तराञ्चलस्थित कुमाउ र गढवालमा समेत 'बुढी पोल्ने पर्व' मनार्इन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?