को हुन् चन्द्रमामा घुमघाम गर्न जाने पहिला पर्यटक ?

एजेन्सी :चन्द्रमामा अन्तरिक्ष यान र मानिस पुगेको कथा सत्य साबित भएयता त्यहाँ धरतीका पर्यटकलाई घुमघाम गराउने योजना बनाएका अन्तरिक्ष पर्यटक व्यवसायी एलन मस्कले पहिलो पर्यटकको नाम सार्वजनिक गरेका हुन् ।

चन्द्रमामा पुग्ने सपना मानिसहरूमा स्वाभाविकरूपमा पलाउँछ । यस्ता सपना पाल्नेहरू मध्ये एक मानिसको सपना केही वर्षमा विपनामा परिणत हुने भएको हो ।

एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले ४२ वर्षीय जापानी करोडपति व्यापारी युसाकु मायेजावा पहिलो नीजी यात्रुको रूपमा  चन्द्रममा घुमघामका लागि जाने जनाएको छ ।

यो अन्तरिक्ष अभियानका लागि स्पेसएक्सले सन् २०२३ निर्धारण गरेको हो । सन् १९७२ यता पहिलो पटक कुनै मानिस चन्द्रमा पुग्ने व्यक्ति जापानी नागरिक युसाकु हुनेछन् ।

क्यालिफोर्नियास्थित कम्पनीको प्रधानकार्यालयमा यसको जानकारी दिइएको हो ।

यो यात्राका लागि रकेट बनाउने काम भइरहेको छ ।

अहिलेसम्म पूरा भइनसकेको कम्पनीका मालिक मस्कले बताए । उनले भने “निर्धारित समयमा हामीले चन्द्रमाका लागि अन्तरिक्ष उडानको काम पूरा गरिसक्ने १०० प्रतिशत तय भइसकेको छैन् ।”

स्पेसएक्सले सन् २०१६मा बिग फल्कन रकेट प्रक्षेपण गरेको थियो । यो प्रक्षेपणलाई अन्तरिक्षमा जाने बाटोमा एक ठूलो पहल मानिएको छ ।

गत वर्ष जापानी व्यापारी युसाकुले न्युयोर्कमा कलाकार जीन मिशेल बास्केटको पेन्टिंग ११करोड ५ लाख अमेरिकी डलरमा खरिद गरेर चर्चामा आएका थिए ।

उनले आफूसँग दुनियाँका ६ चित्रकारलाई सँगै लाने भएका छन् । जब उनीहरू चन्द्रमाको घुमघामबाट फर्किनेछन् तब त्यहाँको अनुभवलाई चित्रकारीमा व्यक्त गर्नेछन् ।

अहिलेसम्म चन्द्रमामा जाने २४ जना सबै अमेरिकी रहेका छन् ।डिसेम्बर १९७२मा अमेरिकी अन्तरिक्ष नियोग नासाले सन् १९७२मा मानिसलाई चन्द्रमामा ओरालोको थियो ।

युसाकु चन्द्रमामा ओर्लिने नभइ अन्तरिक्ष यानबाट चन्द्रमाको यात्रा गर्नेछन् । बिग फल्कन रकेटबाट जान्छ र त्यसैबाट धरतीमा फर्किएर आउँछन्

गत सोमबार मस्कले बीएफआरको नयाँ डिजाइन ट्विटरमा सार्वजनिक गरेका थिए । यो अन्तरिक्ष रकेट अलि फरक खालको देखिएको छ ।

सन् २०१७मा मस्कले मानिसलाई चन्द्रमामा पठाउने घोषणा गरेका थिए । यो वर्ष शुरू हुने भनिएको सो अभियानको समय अगाडि बढाइएको छ ।

अमेरिकाको सिलिकन भ्यालीका चर्चित विद्युती कार बनाउने कम्पनी टेस्लाका संस्थापक हुन् । उनले २००२मा अन्तरिक्ष कम्पनी स्पेसएक्सको काम शुरू गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?