मर्मतका लागि कालीगण्डकी अायोजना १२ दिन बन्द गरिँदै

काठमाडाैं : नेपाल विधुत प्राधिकरणले भोलीदेखि असोज ११ गतेसम्म र कात्तिक ६ गतेदेखि १२ गतेसम्म कालीगण्डकी अायोजनाबाट विधुत उत्पादन बन्द गर्ने भएको छ । 

नियमित ममर्तका लागि अायोजनाबाट विधुत उत्पादन बन्द गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

विधुत उत्पादन बन्द भएसँगै यो अायोजनाको लोड क्षेत्र (१३२ केभी सवस्टेशनबाट विधुत अापूर्ति भर्इरहेका भरतपुर पश्चिमका घरायसी र अाैद्योगिक क्षेत्रमा) विधुत कटाैती हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?