उत्पादनमूलक उद्योगमा दुर्इ महिनामै ११ अर्ब ७५ करोड रूपैयाँ लगानी अायो

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो दुर्इ महिनाभित्र उत्पादनमूलक उद्योगमा ११ अर्ब ७५ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता अाएको छ । 

साउन महिनामा १२ वटा उत्पादनमूलक उद्योगका लागि ४ अर्ब ५७ करोड र भदाै महिनामा ७ अर्ब १८ करोड लगानी प्रतिबद्धता अाएको उद्योग विभागले जानकारी दिएको छ ।

सेवा क्षेत्रमा नै बढी लगानी केन्द्रीय भर्इरहेको अवस्थामा लगानीको ट्रेन्ड परिवर्तन हुन थालेको विभागको विश्लेषण छ । 

पछिल्लो दुर्इ महिनामा अाएको कूल लगानी प्रतिबद्धतामध्ये उत्पादनमुलक उद्योगमा मात्रै यस्तो हिस्सा ९०% भन्दा बढि देखिएको छ ।

विभागका अनुसार सवैभन्दा धेरै फलाम र स्टील उद्योगमा लगानी प्रतिबद्धता अाएको छ ।

लगानी प्रतिवद्धता अाएका उत्पादनमूलक उद्योग
उद्योग लगानी प्रतिवद्धता (रूपैयाँमा) उत्पादन लक्ष्य
गोर्इल स्पात (नवलपरासी) २ अर्ब बार्षिक १ लाख १० हजार टन
टेन स्टील उद्योग (नवलपरासी) २४ करोड ७० लाख बार्षिक १८ हजार टन
सिद्धार्थ पार्इप प्रालि (नवलपरासी) २४ करोड बार्षिक १२ हजार ९६ टन
हुलास वायर र्इन्ड्रस्टी (सुनसरी) २४ करोड ८० लाख बार्षिक ७५ हजार टन
विश्वकर्मा र्इन्जिनियरिङ (चितवन) १ करोड २५० टन 
मंगलम र्इन्डस्ट्रीज (रूपन्देही) १३ करोड ६० लाख ६३०० टन
दुर्गा सिन्थेटिक (मोरङ) २२ करोड ४४ लाख ३८८० टन
स्वर्णकार मेटल उद्योग (बारा) १७ करोड २० लाख ३२४००० टन
अथर्व सिमेन्ट उद्योग (स्याङ्जा) १ अर्ब ५० करोड ३९८००० टन
हिम श्री फुड्स वेस्टर्न नेपाल ६२ करोड ५७७५ टन
बाइड फिड उद्योग १४ करोड २१०००० टन
ग्रेस फर्मास्युटिकल (बुटवल) ४५ करोड ५३ लाख १८ करोड थान ट्याबलेट
कान्तिपुर फर्मास्युटिकल (काठमाडाैं) २९ करोड ६९ लाख पाउडर ५ हजार किलो र ५ लाख लिटर लिक्वीड
बेला र्इलेक्ट्रिक अटो (चितवन) ७५ लाख ४५० वटा विधुतीय मोटरसार्इकल
हिरोर्इन अटो र्इलेक्ट्रिक (कञ्चनपुर) १० करोड ९०० वटा चारपांग्रे उत्पादन
कृष्ण एलडी डेकोर १६ करोड ७० लाख ढोका, लामिनाटेस र फेनोलिक युरा
गणपति डोर एन्ड प्लार्इउड (नेपालगञ्ज) २४ करोड १६ लाख प्लार्इउड ढोका
स्वस्तिका प्लाार्इ उद्योग (झापा) १९ करोड ३० लाख ६१ लाख ८५ हजार फिट प्लार्इउड उत्पादन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?