नाम र राजधानी तोक्न नसक्दा प्रदेश सातका जनता आन्दोलित, मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडौँ । प्रदेशको नामाकरण र राजधानीको विषयलाई लिएर सुन्दर सूदुरपश्चिम एवं प्रदेश ७ का जनता फेरि आन्दोलित भएका छन् । 

सुदूरपश्चिमक्षेत्रका जननिर्वाचित केन्द्रीय नेताहरूको ईसारामा प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी जंगलमा नराख्न र  सुदूरपश्चिम नामाकरण नगर्न माग गर्दै आन्दोलन गरेका हुन् । 

आन्दोलनकारीले प्रदेश मुख्यमन्त्रीको कार्यालय घेराउ गर्नका साथै प्रदेश संसद भवन, मन्त्रालयहरु र नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । सडकमा टायर बालेर विरोध जनाएका छन् । 

प्रदेश ७ को नाम र राजधानी टुङ्गो लगाउन गठित सुझाव समितिका संयोजक प्रदेश सांंसद तारा लामा तामाङ काठमाडौंमा व्यस्त छिन् । 

सांसद तामाङ प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका विषयमा शीर्ष नेताहरुसंग छलफल गर्न काठमाडौं आएको बताइएको छ । 

समितिका संयोजक एवं सांसद लामाले अनौपचारिक रूपमा सरोकारवालासँग राय सुझाव सल्लाह लिइरहेको दावी गरेपनि समितिका अन्य सदस्यबाट त्यस्तो काम भएको देखिँदैन । 

सो समितिका अर्का सदस्य प्रेमप्रकाश भट्टले प्रदेशको नाम र राजधानीको विषयमा टुङ्गो लागि नसकेको बताए । 

नाम र स्थानका बारेमा छिटफुट रूपमा कुराकानी भएको हो । विस्तेत छलफल पनि भएको छैन उनले भने–आन्दोलन शुरु गर्नुको अर्थ छैन ।  केही प्रदेश ७ को राजधानी डोटीको दिपायलमा बनाउन पर्ने बताएका छन् । तर, प्रदेशको नाम र स्थायी राजधानीको टुंगो प्रदेशसभाको दुई तिहाइले लगाउने संवैधानिक व्यवस्था छ । 

प्रदेश ७ संसदमा नेपाल कम्युनिस्ट पार्टीको स्पस्ट दुई तिहाइ छ नाम र स्थानका हकमा नेकपाले जे चाह्यो त्यही हुने निश्चित देखिन्छ ।

नामभन्दा पनि स्थायी राजधानीको हकमा नेकपाका नेता भीम रावल र लेखराज भट्टले जे चाह्यो त्यही हुने देखिन्छ । नेकपा नेता लेखराज भट्टले पनि राजधानी अत्तरिया हुनुपर्ने पक्षमा अडान लिएका छन् भने केही नेता धनगढीमा नै हुनु पर्ने अडान राखि रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?