विवादमा प्रदेश ७ को राजधानी, आज पनि प्रदर्शन जारी

धनगढी । प्रदेश ७ को राजधानीको विवाद चर्केको छ । प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि धनगढीमा प्रदर्शन शुरु भएको थियो । 

केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ ।

प्रदर्शनकारीहरुले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन् । वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोकेको प्रदर्शनमा सहभागिहरुले आरोप लगाएका छन् । 

उनीहरुले धनगढीलाई नै स्थायी राजधानी तोक्न माग गर्दै प्रदर्शनलाई तिव्र बनाएका हुन् । धनगढी उपमहानगरपालिका मेयर नृप बड प्रदर्शनको नेतृत्व गरिरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?