क्यारिकेचरदेखि सडक नाटकसम्म गर्ने हास्यकलाकार भन्छन् : नेताले बस्न टिक्न दिऊन्, अनि हँसाम्ला ! (भिडियो सहित)

श्री कृष्ण सिम्खडा ।

नेपाली हाँस्य क्षेत्रका लागि यो नाम नौलो होइन ।

हाँस्य कलाकार भएकाले नै होला उनलाई हेर्दै मिजासिलो, रमाइलो किसिमको देखिने ।

भन्छन् नी हँसमुख । ठ्याक्कै त्यस्तै । जस्तो देखिने व्यक्तित्तव पनि उस्तै ।

मिजासिला साथै केही गम्भीर पनि । ‘हाँस्य कलाकार पनि गम्भीर हुन्छन् र ?’ भन्ने प्रश्नमा उनी भन्छन् ‘कलाकार हुनलाई गाम्भीर्यता हुनैपर्छ झन् हाँस्य कलाकार त प्राय गम्भीर नै हुन्छन् ।’ त्यसैले उनी आफूलाई विचारको कलाकार भन्न रुचाउँछन् । 

सुन्दरीजलको एउटा निम्नवर्गीय परिवारमा जन्मिएका सिम्खडा विष्णु प्रसाद सिम्खडा र लक्ष्मी सिम्खडाका माइलो सन्तान हुन् ।

परिवारको कमजोर आर्थिक अवस्था त्यसमा पनि धेरैजना दाजुभाइ दिदीबहिनी भएकाले सबै इच्छा आवश्यकताहरु पूरा हुन्छन् भन्ने टुङ्गो थिएन । त्यसैले सिम्खडाले सानैदेखि धेरथोर जिन्दगी बुझिसकेका थिए ।

दीनदुखीलाई सहयोग गर्नुपर्छ भन्ने कुरा उनलाई आफ्नै बाल्यकालले सिकाइसकेको थियो । 

त्यसैको परिणामस्वरुप आज उनको कलाकारिता क्षेत्रमा त छुट्टै पहिचान छँदै छ त्यसका अतिरिक्त समाजसेवाको क्षेत्रमा पनि उनको उत्तिकै संलग्नता छ ।

चक्रपथ सरसफाई अभियानका संरक्षक रहिसकेका सिम्खडा अहिले भने त्रिवेणी फाउन्डेसन नामक आफ्नै संस्था मार्फत् समाजसेवामा लागेका छन् ।

समाजका कुनैपनि घटना र विषयवस्तुलाई केलाएर विभिन्न मनोरञ्जनात्मक खुराक बन्छन् ।

त्यस्तै खुराकमार्फत् सार्वजनिक रुपमा नै मनमा लागेको कुरा स्पष्ट रुपमा व्यक्त गरिहाल्ने पंक्तिमा उभिन रुचाउँछन्, सिम्खडा । भन्छन्, सकेसम्म सेवा नै गर्ने हो । सेवागरेपछि बल्ल मेवा मिल्छ । म त भन्छु पैसा पैसा भन्दै दगुरेको मान्छेलाई पैसाले उल्लु बनाउँछ ।

कलाकारितामा प्रवेश गरेर विभिन्न प्रधानमन्त्रीदेखी मन्त्री नेताको क्यारिकेचर गर्न रुचाउने सिम्खडा नेपालको राजनीतिक तहका शीर्ष नेतासँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । भन्छन्, आफ्नो फाइदाको लागि कहिल्यै पावरको दुरुपयोग गर्न चाहिन ।

द्धन्द्धताकाको एउटा घटना उनको मानस्पटलमा गहिरो गरी गडेर बसेको छ । एउटा सांस्कृतिक कार्यक्रम सकेर काठमाडौँ फर्कदै गर्दा मुग्लिन भनदा केहि वर आएपछि नेपाली सेना र तत्कालिन माओवादीबिच घमासान युद्ध चलिरहेको थियो ।

दुई पक्षको चेपुवामा पर्दा उनलाई निकै डर लाग्यो ।

ति कहालिलाग्दा क्षण सम्झदै भन्छन् कलाकारिताको माध्यमबाट देशलाई शान्ति प्रक्रियामा ल्याउन पनि प्रयास गरीयो । तर हिजोआज उनलाई एउटा कुराले पिरोलेको छ, संविधान कार्यान्वयन नभएर तनाव थपिएको छ ।

संविधान दिवसमा कतै दिपावली भईरहँदा कतै संविधान नमान्ने भन्दै कालो दिवस मनाइरहेको अवस्था छ ।

दिनानुदिन बलात्कार, ठगि, लुटपाट, अपहरण, हत्या, हिंसा, चोरी, वेथिती विसंगती विकृति बढिरहेको छ । अभावै अभाव छ । यो अवस्थामा कसरी हँसाउन सक्नु जनतालाई ?

अरे हामी त कलाकार हौँ हँसाउँला रे जनतालाई बबुरो बनाईएको छ कसरी हाँस्लान् ?  

यसो भनिरहदा उनी गम्भिर देखिए । 

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?