कम्युनिष्टहरु संस्थागत भ्रष्टाचारमा संलग्न भएको कांग्रेस सांसदको खुलासा  : ‘संसदमा ३ मिनेटमा ३ वटा कुरा गर्न भ्याइँदैन’ (भि

विं स.२०४३ सालदेखि नेपाली कांग्रेसबाट शक्रिय राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव बनाएका बहादुर सिंह लामा नेपाली कांग्रेसका सांसद हुन् । नुवाकोटबासीले उनलाई विकासप्रेमी नेताको रुपमा चिन्छन् । विं स. २०५४ सालमा गाविस अध्यक्ष बनेका उनी सकारात्मक सोचको विकासबाट नै समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउँछन् । एकताका जापानको बारेमा अध्ययन गर्दा उनले त्यहाँ विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार शिक्षालाई मानिने र सबैभन्दा सुन्दर भवन बनाउन जापानले बढी खर्च गर्ने भएकोले जापानी संस्कार नेपालले सिक्न जरुरी रहेको बुझे । उनी भन्छन्, नेपालमा विज्ञको खाँचो छ । उनै सांसद बहादुर सिंह लामासँग लोकपथकर्मी अनिता आचार्यले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका कसरी निर्वाह गरिरहेको छ ? कांग्रेसभित्रको गुटउपगुटको राजनीति के हो ? पार्टी कसरी अगाडि बढिरहेको छ ? नुवाकोटको विकास र समसामयिक राजनीतिक परिवेशमा आधारित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।  

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

कानून कार्यान्वयन हुने क्रममा छ । विभिन्न समितिमध्ये म पूर्वाधार विकास समितिमा छु । दशैँ तिहारको बजार व्यवस्थापनको विषयमा सरकारसँग छलफल भइरहेको छ ।

कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा छ, सरकारले जे जे निर्णय ग¥यो त्यसैमा तालीमात्र बजाउनु हुन्छ भन्ने आरोप छ नि तपाईहरुलाई । 

विकास निर्माणका कार्यमा कांग्रेस सधैं सकारात्मक दृष्टिले हेर्ने गर्छ, लोकतन्त्रमा जित्ने हार्ने त भइरहन्छ, सरकारले गरेका कामहरुमा सार्वजनिक गरेका योजनाहरुमा हामी चुप लागेर बसेका छैनौँ । हामी विकास निर्माणका काममा लागौँ भन्ने कुरालाई नाईनास्ती गर्न मिल्दैन नि । त्यसैले ५, ६ महिना हामी बोलेनांै । पूर्वमा जिस्काउने भाषामा ‘रैला’  भन्दा रहेछन् नि । खेलाँची गर्ने । सरकारले त्यस्तै गरिरहेको छ । तर अहिलेको सरकारले हैकमवाद, र डिटेक्टिभ किसिमको शासन लागु गर्न खोजिरहेको छ  । दुई तिहाईंको दम्भ देखाइरहेको छ । जसले जे गरेपनि हुन्छ भन्ने प्रवृत्ति देखाइरहेको छ, समाजमा विभिन्न घटनाहरु अपहरण, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु धैरै छन् । सुनकाण्ड देखि कन्चनपुरकी निर्मला पन्त बलात्कारदेखि हत्यासम्मका घटनाहरुमा चुपचाप छन् । तर सरकारको  क्रियाकलाप र रबैया देखेर हामीले जनताका लागि न्यायका आवाजहरु उठाइ रहेका छौँ । यो हाम्रो कर्तव्य पनि हो ।

निर्मला पन्तको बलात्कार पछि हत्याका कुरा मात्र नभएर अपहरणकारीलाई इन्काउन्टरमा हत्या गरिएको छ त्यो त हुनै सक्दैन । यी सबै लुकाउन गरिएको छ । छानविन समितिद्वारा नै प्रमाणहरु मेटाउने समितिहरु बनेका छन् यो सबै जनताले देखिरहेका छन् । हामी प्रतिपक्षको भूमिकामा रहेर खबरदारी गरिरहेका छौँ । 

बजेटमा तपाईंहरुले मूलभुत योजना छुट्यो भनेर आवाज उठाउनु भयो, एकपटक आवाज उठाउने अनि सुनसान बस्दिने है ? 

संसदीय व्यवस्थामा बहुमतको निर्णय हुन्छ अल्पमतको कदर मात्र गर्ने हो । तर उनीहरु बहुमतमा नहुँदा सदन अवरुद्ध गर्ने, ५० औँ दिनसम्म सदन चल्न नदिने जस्ता क्रियाकलापले गर्दा विकास निमार्णका काम अवरुद्ध हुन्छन्  त्यसैले सिम्बोलिक हिसाबले मात्र गरिरहेका छौँ तर विस्तारै विस्तारै सरकारका रबैयाहरु प्रतिकार गर्छौँ ।

जनताले दिएको म्यान्डेटलाई स्वीकार्छौँ । हामी प्रजातन्त्र र लोकतन्त्रलाई विश्वास गछौँ । बहिरी रुपमा हाम्रो प्रतिकार नदेखिएको हो । तर सिम्बोलिक रुपमा गरिरहेका छौँ । क्रमबद्ध रुपमा यसलाई बढाउने हाम्रो योजना छ । सर्वसाधारणका आवश्यकताहरु पु¥याउने, सदनमा कुराहरु उठाउने, कानूनका विधेयकहरुमा असहमति भए त्यसलाई मिलाएर लैजान पहल गर्ने, सरकारले अप्ठेरो स्थितिमा विधेयक ल्याउँछ, तपाईले देख्नुभएको ठीक हो, हामीले सांकेतिक रुपमा आवाज उठाइरहेका छौँ । 

तपाई नुवाकोटवासीहरुको नजरमा विकास प्रेमी नेताको रुपमा चिनिनुहुन्छ । पछिल्लो समय टोखा खहरे सडकको हालत देख्दा हाम्रो नेताहरुले हामीलाई भोट बैँक बनाउनु भयो भन्ने किसिमका भिडियोक्लिप्स सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । यो अवस्था किन ? 

पूर्वाधार विकासलाई नै हामीले निरन्तरता दिनु पर्दछ । अहिले काठमाडौँसँग जोडिएको तीनैओटा नाका छ । तीनैओटा सडक निर्माणको लागि बजेट परेको छ । निमार्णका क्रममा अप्ठेरा आइपरेको छन्, त्यसैले निमार्णकार्य ढिला भएको हामीलाई पनि महसुस भइरहेको छ । निमार्ण कार्यमा ढिलाई हुनका कारणहरु छन् जग्गा अधिक्रमण, वनका विषय, रोडका लाइनहरुमा रहेका घरहरु देखि लिएर बिजुलीका पोलहरु यी सबै विषय मिलाउनु पर्ने भएकोले केही ढिला भएको छ । यसमा एउटा व्यक्तिको मात्र दोष छैन सरकारले यस विषयमा व्यवस्था मिलाइदिनु पर्ने हुन्छ । हाम्रो सडकहरु बर्खाभरि भत्काइने र हिउँदमा बनाउने काम हुन्छ, यो भन्नुको अर्थ के हो भने हामीले मास्टर योजना बनाएको छैनौं । यो बाटो तत्काल बन्नुपर्छ । आकाशेपानीलाइ कसरी व्यवस्थापन गर्ने ? खानेपानी, टेलिकम, र त्यहाँ बसिरहेको बस्तीलाई कसरी बसाउने ? यी विषलाई लिएर हामीले योजना बनाएर अनुसन्धान गरेका छैनौँ । त्यसैले विद्यमान टोखा खहरेको बाटो निर्माणमा ढिलाइ भइरहेको छ ।  

र त । तपाईलाइहरुलाई त जनताले असल नीति र निरन्तर खबरदारी गर्नै भोट दिएका हुन् नि हैन र ? 

नीति निमार्ण गर्नमा हामीले चाहेका हौँ । तर त्यसो हुन नसकेकै हो । कृषि मन्त्रीले धानको प्याकेज ल्याएको हुन्छ , तर सिँचाइ मन्त्रीले मेरो ठाउँ र क्षेत्रमा मेरै योजना अनुसार गर्नुप¥यो भन्नुहुन्छ । यसरी कृषि एकातिर योजना अर्को तिर रहेको अवस्था छ । मन्त्रालय मन्त्रालयबीचमा समन्वयको अभावका कारण मनपरितन्त्र चलाइएको छ । आआफूलाई जस्तो मनलाग्यो सबै आफ्नै ढङ्ग बाट चलिरहेको अवस्था छ  । यसै कारणले देशमा विकास नभएको हो  । मैले विभिन्न कुराहरुमा लेखहरु लेखेको छु । 

संसद्मा निश्चित पार्टीलाई निश्चित मान्य नियम अनुसार समय छुट्याइएको हुन्छ । त्यो समय कहिलेपनि हामीलाई पुग्दैन । जम्मा ३ मिनेटको समय हुन्छ । त्यो समय पनि सचेतक, प्रमुख सचेतकसँग कुरा गरेर बल्ल पाउने हो । यसरी समय नपाएपछि, बोल्न, आफ्ना कुरा उजागर गर्न गाह्रो हुन्छ ।

भनेपछि जनताले तपाईहरुलाई गुनासाहरु सुनाइरहन्छन् तर तपाईले जनताको अवाज संसदमा सृुनाउनुहुन्न ? 

संसद्मा निश्चित पार्टीलाई निश्चित मान्य नियम अनुसार समय छुट्याइएको हुन्छ । त्यो समय कहिलेपनि हामीलाई पुग्दैन । जम्मा ३ मिनेटको समय हुन्छ । त्यो समय पनि सचेतक, प्रमुख सचेतकसँग कुरा गरेर बल्ल पाउने हो । यसरी समय नपाएपछि, बोल्न, आफ्ना कुरा उजागर गर्न गाह्रो हुन्छ । नेपालको सन्दर्भमा सांसदले सबै काम गर्नुपर्छ भनिएको छ, त्यो होइन, सांसद, कार्मचारी, स्थानीय तहका कामहरु के के हुन भन्ने बाँडफाँड हुँदैन, जब सम्म जनताले बुझ्दैनन् ।

मन्त्रीले के गर्नु पर्ने हो त्यो पनि बाँडफाँड छैन । र मन्त्रीको मानसिकता पनि भोलिको दिनमा के गर्ने भन्ने बिना योजनाका कार्यहरु गरिरहेका छन् ।  यसरी विकास निर्माण कार्य सम्भव छैन ।अर्थमन्त्रीले सबैलाई करको दायरा भित्र कसरी ल्याउने ? विदेशी मुद्रा झिकाउँदा तमसुकमा हामी तल नपरिकन कसरी ल्याउने भन्ने बारे सोच्नुपर्दछ । नेपालमै उपलब्ध स्रोत साधनहरुलाई कसरी परिचालन गर्ने ? अन्य क्षेत्रबाट लिएको ऋण कसरी सही सदुपयोग गर्ने ? यस्ता कुराहरुलाई नमिलाइ विकास निमार्णका कार्य असम्भव  छ ।  

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि आवश्यक पर्ने विधान बनाउनेबारे के तयारी छ ? 

१४ औँ महाधिवेशनको लागि अझै २ वर्ष बाँकी नै छ । पार्टीका विधानहरु बन्दै छन् । नेपाली कांग्रेसको विधान कस्तो थियो भने, राज्यको संरचना अनुसार पार्टीमा पनि विधान बन्नु पर्दछ । यो बनेको थिएन । त्यसैले विधान संसोधनको लागि महासमिति बैठक बस्दैछ । यो मंसिर ५ देखि ८ गते भित्रमा गर्ने योजना छ । प्रत्येक जिल्लामा कस्तो विधान बनाउँदा राम्रो हुन्छ । हाम्रो संरचना र राज्यको पुनसंरचना अनुसार कस्तो विधान बनाउँदा राम्रो होला, भनी  विधिविधान संशोधनको कार्य गरिरहेका छौँ । 

नेपाली कांग्रेस भित्र निकै ठूलो अन्तरकलह रहेछ है ? 

प्रजातन्त्रमा स्वतन्त्रता हुन्छ । बोल्न पाउने अधिकारहरु हुन्छन्, सुनिश्चितता पनि हुन्छ । तर अरु पार्टीहरुमा धक फुकाएर बोल्न पाइदैन । त्यस्तो अवस्थामा कुण्ठा हुन्छ । तर नेपाली कांगे्रसमा आफ्ना विचारहरु राख्न पाइने भएका कारण पार्टी पार्टीमा फुटको अवस्था देखिन्छ । कांग्रेसको केन्द्रीय बैठकमा हुने घटनाले बाहिर चाँडै प्रभाव पार्छ । त्यसैले त्यहाँका घटना, झगडा, मन्थनहरु बाहिर नजाओस् भन्ने उद्देश्यले हामीले छुट्टै योजना बनाइरहेका छौँ ।  

गुट उपगुटको राजनीति किन ? 

नेतृत्वको लागि को जाने भन्ने विषय हुन्छ । तर नेतृत्वको विषयमा झगडा भएको जस्तो देखिएतापनि कसको क्षमता प्रस्तुत गर्ने भन्ने विषयमा केही असामञ्जस्यता त हुन्छ नै । यसमा व्यक्तिगत लाञ्छनाहरु लगाउने पनि हुन्छन्  । यसले गर्दा अहिले युवा नेतृत्वहरुले पार्टीमा सुधारिनु पर्छ भनिरहेका छन् । पहिलाको तरिकाले हँुदैन, युवाको सोच अनुसार चल्नु पर्ने समय छ । त्यसैले अलि फरक देखिएको हो । झैझगडा गरेको होइन, समाचार दिँदा यथार्थ दिनुपर्छ ।

तपाईको राजनीतिक यात्रा अब कसरी अगाडि बढ्छ ? 

देशको राजनीतिको धरातल एकदम जटिल छ । सरकारको रबैया बढिरहने हो भने सरकारले गनुपर्ने कार्यहरु गरेन भने रुपैयाँको मूल्य कम हुन्छ । यसले राज्यमा संकट आउने सम्भावना धेरै रहन्छ । ‘बाम विजयी अर्थतन्त्र विसर्जन’ भन्नुको अर्थ अहिले बामले विजय ग¥यो, तर बामको संगठन छोडेको छैन हामी कम्युनिष्ट नै हौँ भनिरहेको छ । यसले गर्दा उनीहरुको सोचमा परिवर्तन आएको छैन । यस्तो भएमा अप्ठेरो हुन्छ । कम्युनिष्टहरु संस्थागत भ्रष्टाचारमा संलग्न छन् । यसले अर्थतन्त्र धरासयी  बनाउन सक्छ । 

कम्युनिष्टका लगानीकर्ता छन् भने तुरुन्त कानून परिवर्तन गर्न गरेर नयाँ विधेयक ल्याउन सक्छ । तर जब लगानीकर्ता आउँदैन, तब अर्थतन्त्रको कुनै कुरा नै हुदैन । यसले गर्दा हाम्रा सोध, नियमहरुलाई राम्रो गर्न सकिँदैन ।

तपाईको खास योजना चाहिँ ? 

हाम्रो योजना देश नबिग्रियोस्, देश समृद्धि तिर लम्कियोस्, भन्ने हो । 
गरिबका पनि इच्छा चाहना हुन्छन् उनीहरु पनि खाना, नाना र छाना पाउनुपर्छ । सबैलाइ समान रुपमा अगाडी लैजानुु पर्छ भन्ने हो जब सम्म हामीले मिलेर काम गर्दैनौ विकाशको कल्पना गर्न सक्दैनौँ हामी सबैले सकारात्मक दृष्टिकोणले विकासका कार्यहरुलाई हेर्नुपर्दछ , राजनीतिक प्रतिसोधको आधारमा नकारात्मक व्यवहार गर्नुहुँदैन । (दलाई लामा) राष्ट्रियता भनेको जब अरुले हस्तक्षेप वा निकाला गर्छ तब मात्रै राष्ट्रियता दुख्छ । हाम्रो सोचाइमा छिमेकी राष्ट्रहरुको विरोध गर्ने बित्तिकै राष्ट्रियता भनिन्छ । यसलाई परिवर्तन गर्न जरुरी  । प्रष्ट रुपमा सबैलाई बुझाउनु आवश्यक भएको छ । सकारात्मकता भन्दा बाहिर नकारात्मक तिर लाग्नुु हुँदैन । 

नुवाकोटको विकासप्रेमी नेताको पहिचान बनाउनुभएको छ । तर जनता अझै बाटोघाटो पुल पुलेसा मागिरहेका छन् किन ? 

मेरो  पहिलाको अनुभव अनुसार संरचनाको अध्ययन, व्यवस्थापन, संरचनाको बनावट सबै इन्फ्रास्टक्चर डेभलपमेन्ट रहेछ । यसलाई जबसम्म विकास गर्न सकिन्न यसको कल्पना गर्नु बेकार छ । त्यसैले पहिला पूर्वाधार चाहिन्छ भन्ने मेरो सोच हो । म जब निर्वाचित भए, जनताले विश्वास गरे, मेरो पहिलो काम कहाँ कहाँ कस्ता ठाउँमा पुलको आवश्यकता छ,कहाँ बाटो चाहियो र कहाँ शिक्षा चाहियो भनेर अध्ययन गरे त्यसपछि मात्रै कामहरु अघि बढाएको हुँ । अहिले पनि केही पुल निमार्णका कार्यहरु धमाधम भइरहेको छ । विकासको लागि चाहिने पहिलो आधार शिक्षा हो भन्ने जब मैले बुझेँ ।  युट्युवमा जापान लगायतका विकसित मुलुकका भिडियोहरु हेरें, अनुसन्धान गरें । त्यो समय मैले यो जनकारी पाएँ कि जापानमा राम्रा घर कसको विद्यालयको भन्ने हुन्छ । नेपालमा नेताको । टोलमा सबैभन्दा राम्रा भवन विश्वविद्यालयको हुन्छ । मलाई पनि लाग्छ यसरी देश बनाएको भए …. । 

नुवाकोटको ३ नं क्षेत्र जुन छ, सबै क्षेत्र जागेका छन् हाम्रो स्कुल बनाउनु पर्छ भनेर भूकम्प पछि सरकारी तवरबाट जुन लोन दिइएको छ । त्यसमा छिटोभन्दा छिटो हामीले निर्माण सकेर गुणस्तरीय शिक्षाको लागि पहलकदमी लिइरहेका छौँ ।  सबैकुरा व्यवस्थापकीय पाटोसँग जोडिएको हुन्छ । हामीले सबैभन्दा पहिला दुर्गम क्षेत्रलाई प्राथमिकता दिएका छौँ । जस्तो किम्ताङ मा २, छसाल्मे र काउँलेमा ३ वटा विद्यालय रहेको छ । सामरीमा सबै क्षेत्रमा कति के विकास गर्नुपर्ने हो भनी एउटा प्लान बनाएका छौँ । हाम्रो गाउँतिर के चलन छ भने बुबा घरमा भएपनि बा छैन भन्नु भनेर चकलेट दिन्छु भनेर फकाउने गर्छन्, यसले त झुठो बोलेर चक्लेट पाइन्छ भन्ने मानसिकता विकास हुँदै जान्छ । तर त्यसरी झुटो बोल्न सिकाउनु एकदम गलत हो । जापानमा कुनै बच्चाले पनि झुठो बोल्दैन ।  

युट्युवमा जापान लगायतका विकसित मुलुकका भिडियोहरु हेरें, अनुसन्धान गरें । त्यो समय मैले यो जनकारी पाएँ कि जापानमा राम्रा घर कसको विद्यालयको भन्ने हुन्छ । नेपालमा नेताको । टोलमा सबैभन्दा राम्रा भवन विश्वविद्यालयको हुन्छ । मलाई पनि लाग्छ यसरी देश बनाएको भए …. । 

पछिल्लो समय देशमा महिला हिंसा लगायतका घटना बढिरहेका छन् । नुवाकोटमा चेलिबेटी बेचबिखनका घटना अत्याधिक हुने गर्छ यसलाई न्यूनीकरण गर्न के के योजना बनाउनु भएको छ ?  

यो बहुतै दुखदायी सवाल छ । यसमा बाध्यता पनि छ । गरिबीले खान नपाएको विकट ठाउँहरुमा जहाँ मोटरबाटो सम्म पुगेका छैनन् ।  त्यहाँ गयो भने आत्मा नै रुन्छ । यस्ता ठाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । गाउँका एक दुई जना शहर आएर गाउँ जाँदा सुन लिएर गाउँ फर्कन थालेपछि जस्ताको छानो टाल्ने सपना बुनेर उनीहरु शहर आउँछन् । अनि धेरै चेलीहरु ललाईफकाई बेचीन बाध्य हुन्छन् ।

घरमा बुबाआमाको पनि छोरीहरु विदेश जाँदा शहर जाँदा राम्रो खान पाइन्छ । जस्ताले छाएको घरमा बस्न पाइन्छ । चामल किन्ने पैसा हुन्छ भन्ने आशामा छोरीहरुलाई निर्धक्क पठाउँछन् । यो टेन्डेन्सीले गर्दा नुवाकोट चेलिबेटी बेचबिखनमा बढी प्रभावित भयो । नुवाकोटमा घ्यांङफेदी लगायत धेरै विकट ठाउँहरु छन् । 

अन्तिममा के भन्न चाहनुहुन्छ ? 

हामी देश विकास गर्न चाहन्छौं । हामी समृद्धि चाहन्छौँ ।  अब हामी सबै मिलेर यसमा लाग्नुपर्छ । एकजनाले मात्र गर्न चाहेर केही सम्भव छैन । देश विकासका परिकल्पना गर्ने एडभाइजरहरु  राख्नु आवश्यक  हुन्छ ।  कुनै पनि पार्टीमा सामेल नभएका निष्पक्ष एड्भाइजरको खाँचो छ नेपाललाई । राष्ट्रिय महत्वका जतिपनि  योजनाहरु छन् त्यसमा कसैले पनि ध्यान दिएको छैन ।  साना साना योजनाहरुमा मात्र हामी उफ्रन्छांै, कराउँछौँ, तर हाइड्रो पावर, मेलम्ची खानेपानी आयोजना जस्ता राष्ट्रिय आयस्रोतहरुमा कसरी घुसखोरी गर्ने भन्ने विषयमा चलखेल बाहेक केही भएकै छैन यसमा कुनै पार्टी अछुतो छैन । फेरि खै त हामी बोलेको ? त्यसैले हामी सबै एकजुट भएर सबै पेसामा आबद्ध सबै जनता मिलेर विकास निमार्णकार्यमा आफ्नो क्षेत्रमा आफूले सक्दो सहयोग पु¥याउन सक्नु पर्दछ ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?