प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण : कांग्रेस नेता बलायर

डडेल्धुरा । नेपाली कांग्रेसले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । 

कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।  

बिहीवार नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौँथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको सुनाए । 

पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले निरन्तरता दिनु दुर्भाग्य भएको उनको भनाइ छ ।

‘सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भयो’ मन्त्री बलायरले भने, ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ ।’ 

उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले किन सुदूरपश्चिम राखियो भन्ने प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?