ओली सरकार खुलेआम भ्रष्टाचारमा लिप्त छ : डा. लोहनी  (भिडियो वार्ता )

बौद्धिक छवि र व्यक्तित्वका धनी डा. प्रकाशचन्द्र लोहनी एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष अध्यक्ष हुन् । उनी नेपाली राजनीति र अर्थशास्त्रका ज्ञाताका रुपमा  चिनिन्छन् । पञ्चायत राजनीति र त्यसपछि राप्रपाबाट राजनीति गरेको लोहनीले कहिले सिंगो राप्रपाको अध्यक्षमण्डल भएर काम गरे भने अहिले राप्रपा राष्ट्रवादीका अध्यक्ष छन् । छोटो समय गणतन्त्रको पक्षमा देखिएका लोहनी पछिल्लो समय नेपालमा राजसस्थाको पुनस्थापना हुनुपर्ने अभियानमा छन् भने  नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग ,बढ्दो बेरोजगारी र आर्थिक शिथिलताप्रति सरकार गम्भिर नबनेकोप्रति चिन्ता र चासो राख्दै आएका छन् । उनै डा. प्रकाशचन्द्र लोहनीसँग नेपालको समसामयिक राजनीति, देशको अर्थतन्त्र, अबका राजनीतिक योजनाको विषयमा केन्द्रित रहेर लोकपथकर्मी अनिता आचार्यले कुराकानी गरेकी छिन् ।

 

दिनचर्या कसरी बितिरहेको छ ? 
पढ्ने, लेख्ने, पार्टीको काम भइरहेको छ । 

राजनीतिक अभ्यासको क्रममा राप्रपा, राप्रपाबाट प्रजातान्त्रिक हुँदै अहिले एकिकृत राप्रपा राष्ट्रवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । राजनीतिक फुट गज्जबको हुने रहेछ है ? 
२,३ वटा कारणहरु छन् । वैचारिक आधार नमिल्दा, मूख्य विषयमा विचार फरक हुन थाल्यो भने, पार्टीको नेतृत्वकर्ताले सबैलाई समान व्यवहार गरेर लैजान नसक्दा पार्टीमा फुट हुन जान्छ ।

 

 

एकिकृत राप्रपा राष्ट्रवादी बन्नुपर्ने कारण के थियो ? 
पार्टी एकै हुनुपर्छ भनेर महाधिवेशन गरेका थियौँ । मानिसहरुमा ठूलो उत्साह पनि थियो । देशमा एउटा वैकल्पिक राष्ट्रवादीका रुपमा हामी सावित भयौँ । महाधिवेशनमा हाम्रा जतिपनि प्रतिवद्धताहरु थिए, जो अध्यक्ष भएर आउनुभयो त्यो ठ्याक्कै परिवर्तन भयो । महाधिवेशन हुनु अघि एउटा समझदारी थियो । तर, पछि गएर चेन्ज भयो । त्यसैले, ल तपाईहरु आफ्नो तरिकाले काम गर्नुहोस् भनेर पार्टीबाट बाहिर निस्कियौं । पछि साथीहरुले तपाई एउटा दृष्टिकोण लिएर हिँडिरहनु भएको छ, हामी अर्को राजनीति संरचना खडा गरौँ भन्नुभयो । त्यसैको नतिजा स्वरुप एकिकृत राप्रपा राष्ट्रवादी बनेको हो ।

यसरी राजनीतिक दल, राजनीतिक पार्टी फुट्दै जाँदा जनतामा कस्तो प्रभाव पर्छ ? 
प्रजातन्त्रलाई बलियो बनाउन, स्थिरता ल्याउन बलियो दलहरु चाहिन्छ । यो अवस्थामा पार्टीहरु फुट्नु भनेको राम्रो कुरा पनि होइन । यथार्थ त यही हो तर सबैकुरा ठीक हो भन्ने पक्षमा पनि म छैन ।
 नेपाली कांग्रेस पनि एक पटक फुटेको थियो । शेरबहादुर जी ले पनि अर्कै पार्टी खोल्नुभएको थियो ।  माओवादी पनि फुट्यो । हामीपनि फुट्यौँ । 
यद्यपी, जे कारणले फुटे पनि फुट्ने प्रक्रियालाई  ठीक हो भन्दिन ।

 

 

समग्रमा विश्लेषण गर्दा यो फूटको राजनीतिको कारण सत्ता लोलुपता हो भन्ने आम बुझाई भइसकेको छ । थाहा छ ? 
हाम्रो कुरा गर्ने हो भने, हाम्रो समयमा सत्ता पनि थिएन । वास्तवमा विभिन्न कारणहरुले गर्दा पार्टी छुट्टियो । जहाँ मित्रता हुन्छ त्यहाँ दुश्मनिको बिउ पनि हुन्छ । जोडिने र छुट्टिने क्रम भइरहन्छ । यो चिन्ताको विषय होइन । 

 

वर्तमान राजनीतिमा यहाँको पार्टीको उपस्थिति कहाँनिर छ ? 
संसदमा हामी छैनौँ । तर प्रतिपक्षको हैसियतले भन्दा पनि ठीक कुरालाई ठीक, बेठीकलाई बेठीक भन्ने, सडकमै बसेर आफ्ना वक्तव्य निकालेर, सडकमा जुलृुस निकालेर देशमा भइरहेका घटना क्रमहरु छन् त्यसलाई नागरिकको हैसियतले राम्रो भएर जाओस्, देशको उन्नति होस् भन्ने धारणा राखेर हामीले शक्रिय भूमिका निर्वाह गरिरहेका छौँ । 

 

विभिन्न आन्दोलन पछि, नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । यी राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ? 
देशमा संविधान बनेको छ । यसै अनुरुप देश लैजान खोजिएको छ ।
कागजमा लेखिएको संविधानलाई कसरी मूर्तरुप दिने ? यसका भावना अनुरुप हामी जाने कि नजाने ? भन्ने कुरा सरकारले कसरी लागु गर्छ त्यसमा भर पर्छ ।
अमेरिकामा सबैभन्दा सानो संविधान छ, तर त्यसको मर्मलाई आत्मसाथ गरेर मात्र यो स्थितिमा आयो । ठूलो लडाई, गृह युद्ध गरेर ५ ६ लाख मानिसको मृत्यु भयो । अहिले मिले जस्तो देखिए पनि ध्रुवीकरणको तनाव छ । एक पार्टीले अर्को पार्टीको कदर नगर्ने समस्या देखा परेको छ ।

नेपालको २०४७ सालको संविधान संसारको उत्कृष्ट संंविधान भनिएको थियो तर अर्को संविधान ल्याउनु पर्यो  । संविधानलाई जनताको पक्षमा लैजाने प्रयास गर्न जरुरी छ । जो सत्तामा बसेको छ उसले जनताको हितको लागि कार्य गर्न पर्यो ।  गर्नुपर्ने काम के हो भनेर निर्धारण गर्नुपर्यो  । त्यसपछि जनताको भाव बुझेर त्यसलाई संबोधन गर्ने कोसिस गर्नुपर्यो । यी दुई कुरालाई मध्यनजर गर्दै जाने हो भने संविधान बमोजिम संविधानले दिएको शक्तिको सदुपयोग हुन्छ । 

 

अहिलेको सरकारले गरेका कामहरु मध्ये तपाईलाई सबैभन्दा चित्त नबुझेको काम के हो ? 
चित्त बुझेका काम भनेको, चीनसँग पारवहनको लागि प्रोटोकलहरु सही गरेको छ । नेपालको मुख्य समस्या भ्रष्टाचार हो । त्यस्तै सुशासनको कमी अर्को मुख्य समस्या ।

यसमा नेपाल सरकारलाई एफ ग्रेड दिइएको छ । अराजकताको स्थिति छ, यसरी खुलेआम भ्रष्टाचार नेपालमा कहिल्यै भएकै थिएन । भर्खरै एउटा पत्रिकामा हेरेको थिएँ नेपालको सबैभन्दा ठूलो कम्पनीको हाकिमलाई नीतिगत निर्णय नगर्नु, प्रशासनिक काम बाहेकका अरु गर्न पाउँदैन भनेर सञ्चार मन्त्रालयमा छानविन गर्न लगाइयो ।

यो मानिस खराब हो भनेर प्रतिवेदन दिइयो । त्यति भइसकेपछि उहाँहरुले उसलाई निकाल्नु भयो । पछि ती मानिसले सर्वोच्चलाई स्टे अर्डर मागे तर सर्वोच्चले दिएन । स्टे अर्डर दिने कि नदिने भनेर तीन दिन म्याद तोकियो । त्यै बेलामा उहाँले मुद्दा फिर्ता लिनुभयो ।

तर हिजो काम नलाग्ने, असक्षम भनिएको व्यक्तिलाई आज सक्षम, क्षमतावान भनेर त्यै ठाउँमा ल्याएर राख्नु भनेको लेनदेनको प्रक्रिया देखिन्छ । यसरी नाङ्गो भ्रष्टाचार भइरहेको छ । पदको बिक्री हुन थालेको छ ।  पैसावालाले जसलाई पनि किन्न सक्ने अवस्था आएको छ ।  

 

६, ७ महिना अगाडि मानिसको मनमा जुन आशा थियो केही होला भन्ने त्यो अहिले धराशयमा छ, सत्तामा भएका पार्टीहरु नै चित्त नबुझेर गएका छन् ।  सरकारका क्रियाकलाप सुधार गरेर लैजाउ, गल्तीलाई सच्याउ भन्ने टेन्डेन्सी  देखिएको छैन ।

६, ७ महिना अगाडि मानिसको मनमा जुन आशा थियो केही होला भन्ने त्यो अहिले धराशयमा छ, सत्तामा भएका पार्टीहरु नै चित्त नबुझेर गएका छन् । 

सरकारका क्रियाकलाप सुधार गरेर लैजाउ, गल्तीलाई सच्याउ भन्ने टेन्डेन्सी  देखिएको छैन । क्रियाकलाप कै कुरा गर्दा, नौबिसेबाट काठमाडौँ आउँदा नौ घण्टा लाग्यो रे । यो बाटोमा ७ महिनासम्म केही नगरी बस्ने सरकार कति सम्म गैर जिम्मेवार छ ? यो दुईतिहाई सरकार पनि जनताले दिएका हुन् । यसमा के को घमण्ड ?  पानीको फोका जस्तै होला कि भन्ने डर लागेको छ । क्षमता कतै पनि बढेको छैन, प्रशासनबाट पैसा सही तरिकाले  प्रयोग गर्ने, जनतामा सेवासुविधा पु¥याउने काम भएको छैन ।  जनताले दिएको विश्वास जुन हो त्यसको दुरुपयोग हुन थालेको छ ।  उखान टुक्कामै उडाइदिइन्छ । 
 

अहिले ओली सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा ल्याएको छ । हाम्रो अर्थतन्त्रको सुचाङ्कहरु हेर्दा यो नारा कति सफल हुने देख्नुहुन्छ ?  
राजनीति भनेको एकै रातमा परिवर्तन हुनसक्छ, अर्थतन्त्र परिवर्तन गर्न समय लाग्छ, तर यो कुरा सही बाटोमा जाँदैछ ।  
यस बारेमा सांसद निर्जीव वस्तु जस्तै भएको छ । ह्वीप को सिस्टम छ, आलोचना पनि गर्न नमिल्ने, साधारण सदस्यले आलोचना पनि गर्न नमिल्ने गरे पनि ठूला नेताले आँट गरेर मात्र गर्ने । जनताको मत भनेको राज्यले पाएको पूँजी हो । राज्यको पूँजी र वैधानिकतामा प्रश्न आउँछ त्यो खेर जान्छ । मानिसमा अराजकता बढेर जान्छ । यसरी असन्तोष र अराजकता बढेपछि अरु देशले पनि आँखा लगाउँछन् ।  
पछिल्लो समय देशमा महिला हिंसा लगायत कञ्चनपुरकी निर्मला पन्तले ७५ दिनसम्म न्याय पाएकी छैनन्, उनका आमाबुवा न्यायका लागि काठमाडौँ आएर फेरि घर फर्किसकेका छन् । प्रधानमन्त्रीले १२ वर्ष पनि लाग्न सक्छ भनेका छन् । यसलाई  कसरी हेर्नु भएको छ ? 
प्रधानमन्त्रीको असंवेदनशीलता हो यो । निर्मला पन्तको हत्याले सबैलाई छोएको छ । यो घटनाले नेपालको प्रशासन कति असंवेदनशील भएको छ भनेर देखिन थालेको छ । किनकि उनको हत्यापछि प्रमाण नष्ट गर्ने काम भएको छ । कपडा धोएर, जलाएर,  यो सबै प्रमाण नष्ट गर्ने काम त्यहाँको प्रहरीले गरे । प्रहरीलाई नष्ट गर्ने आदेश त्यहाँको हाकिमले दिए । प्रहरीको काम प्रमाण जोगाउने हो तर नष्ट गरिएको छ । त्यो पनि भिडियोमा कैद गरिएको छ, यस्ता घटना गराउने र गर्नेलाई तत्काल जेल सजाय हुनु पर्नेमा केही छैन । यसरी त रक्षक नै भक्षक बन्न लागेको हो भन्ने आशंका बढ्ने भयो ।

नेपाल सरकारको प्रशासन कसरी यति खस्कियो ? प्रहरीले नै जोगाउनु पर्ने प्रमाण अब कस्ले जोगाउँछ ? राज्य आम जनताको लागि होइन भन्ने सन्देश फैलिरहेको छ । सत्तामा बस्नेहरुको वैधानिकतालाई ठूलो नोक्सान गरेको छ । यो स्थिति बढ्दै गयो भने जनता दूईतिहाईको सरकार भनेर बस्दैनन् ।

नेपाल सरकारको प्रशासन कसरी यति खस्कियो ? प्रहरीले नै जोगाउनु पर्ने प्रमाण अब कस्ले जोगाउँछ ? राज्य आम जनताको लागि होइन भन्ने सन्देश फैलिरहेको छ । 
सत्तामा बस्नेहरुको वैधानिकतालाई ठूलो नोक्सान गरेको छ । यो स्थिति बढ्दै गयो भने जनता दूईतिहाईको सरकार भनेर बस्दैनन् ।  यस्तो स्थितिमा विदेशी राष्ट्रहरुले खेल्ने मौका पनि पाउँछन् । 

यहाँ पूर्वअर्थमन्त्री । अहिलेको सन्दर्भमा आर्थिक समृद्धिको लागि के के टिप्सहरु हुन सक्लान् ? 
अहिलेको परिस्थितिमा अर्थिक समृद्धिको लागि चक्रपथको बाटो निमार्ण, भ्रष्टाचार न्यूनीकरण, नेपाल सरकारका ठूल्ठूला पदहरु टेन्डरमा जाँदैन भन्ने सुनिश्चितता, स्रोत साधनको सही सदुपयोग, राज्य कोषको उचित लगानी र त्यो लगानीमा घोटाला गर्नेलाई कडा सजाय आदि जस्ता कुराहरु महत्त्वपूर्ण छन् ।
यी सबै कुरा पूरा गर्न नसक्दा देश बन्छ ? देश भित्रकै मानिसले लगानी गर्न मान्दैनन् भने विदेशीले के मान्लान् ? विकासको वातावरण भएन । वातावरण बनाउने जिम्मेवारी राजनीतिज्ञको, नेताहरुको हो । 

अन्त्यमा, तपाईका राजनीतक योजनाहरु के के छन् ? 
हाम्रो एकिकृत प्रजातान्त्रिक पार्टी राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति हो । हामी नेपालको पहिचान वैधिक सनातन धर्म हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छौँ । विश्वमा २ सय करोड मानिस वैधिक धर्ममा विश्वास गर्नको लागि नेपाल आध्यात्मको केन्द्र हो । यो पहिचान हामीले गुमाउनुृ हुन्न भन्ने हो । 
संसारमा हेर्ने हो भने धनी राज्य बेलायत, जापान, नर्वे सबैमा संवैधानिक राजसंस्था छ । जनताले शासन गर्ने हाम्रो देशमा अझ हामीलाई मद्दत हुन्छ कि भन्ने धारणा राखेर हाम्रो विचार मिल्ने नेपाली कांग्रेससँग हाम्रो कुराकानी भइरहेको छ । एकता हुने कुरा भइरहेको छ । अरु पार्टीहरुको पनि कुरा भइरहेको छ । 
भ्रष्टाचारको विरोध गरिरहेका छौँ । एउटा स्वतन्त्र कमिसन गठन होस् र अहिले सम्मका सबै नेता, प्रधानमन्त्री उपप्रधानमन्त्री, मन्त्री सबैको सम्पति जाँच होस् । यसमा हामी जे सहयोग गर्नुपरे पनि तयार छौं ।

अन्तिममा के भन्न चाहानुहुन्छ ? 
म निराशावादी मानिस होइन । मैले नेपालमा ठूला सम्भावनाहरु देखेको छु । विदेशीले तपाईहरु सुनको कटौरा लिएर भीख माग्दै हुनुहुन्छ भनेको सही हो । नेपालको स्रोतसाधन, संस्कृति, नेपालको सभ्यता आदिका कारण नेपालमा ठूलो सम्भावना छ । यो सम्भावनालाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने सरकारको हातमा छ । 
सम्भावना वास्तविकतामा परिणत होस् । हाम्रो समर्थन रहन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?