प्रदेश १ मा ‘प्रदेश योजना आयोग’ गठन

विराटनगर । प्रदेश १ को सरकारले प्रदेश योजन आयोग गठन गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश योजना आयोग’ गठन गरेको हो ।

बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताए ।

सप्तरी जिल्लामा जन्मेर विराटनगर सरेका प्याकुरेल इन्सेकका केन्द्रीय अध्यक्ष हुन् ।

बैठकले आयोगको सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

सरकारले यस अघि रमेशचन्द्र पौडेलको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो ।

तीन महिनाको समयावधि दिएको समितिको म्याद सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?