मानव बेचबिखनसम्बन्धी समन्वय तथा मैत्री बैठक सम्पन्न

पुनर्वास-ए डब्ल्यु अाे , निड्स नेपाल र पुनर्वास नगरपालिकाकाे सहकार्यमा  अाज पुनर्वासमा अन्तरदेशिय अावागमन तथा मानव बेचबिखन सवाल सम्बन्धी एक दिने समन्वय तथा मैत्री बैठक सम्पन्न भएकाे छ।
 पुनर्वास नगरपालिकाकाे सभा हलमा सम्पन्न  कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धीजिवी, सराेकारवाला सँस्थाका प्रतिनिधि, भारतीय सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे।

   कार्यक्रममा बाेल्ने बक्ताहरूले भारतीय नागरिकलाई पनि नेपाल अाउन सहज र सुरक्षीत बनाउनु पर्ने, अावागमनका साथै व्यापार प्रबर्ध्दनका लागि पहल गरिनु पर्ने,भन्सार स्थापनाका लागि स्थानिय निकायले पहल गरिदिनु पर्ने र सिमा नाकामा हेल्प डेस्क राखिनु पर्ने बताए।
 

भारतका तर्फबाट कृष्ण नगर ग्राम प्रधान जीत कुमार, ग्राम प्रधान बसहीका शैलेस कुमार तथा भारतीय पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे।

  कार्यक्रममा बाेल्दै  पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष  कृष्ण बहादुर तामाङ्गले कुटनितिक तरिकाले नेपाल भारत सिमामा हुने अपराधिक कृयाकलाप तथा नेपाली माथी हुने दुर्ब्यबहार राेक्न यथा शिघ्र प्रक्रिया चालिनु पर्नेमा जाेड दिए।
कार्यक्रममा  समाजसेवी सुकमाया माेक्तान, निडस नेपालका कञ्चनपुर अध्यक्ष अन्जु जोशी भट्टसहित नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीलगायतकाे समेत उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?