प्रदेश २ सरकारको सुरक्षा सल्लाहकारमा विजयलाल कायस्थ नियुक्त

जनकपुर । प्रदेश २ सरकारको सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थ नियुक्त भएका छन् । 

बिहीवार मुख्यमन्त्री महोम्मद लालबाबु राउत र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवबीच बसेको बैठकले कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो । 

प्रहरीको सेवाअवधिमा कायस्थ लामो समय प्रदेश २ मै कार्यरत थिए । 

प्रदेश २ मा लामो समयको कार्यअनुभव र संघीयताप्रति सकारात्मक सोच रहेकाले कायस्थलाई मन्त्री यादवले प्रदेश सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?