प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव पदबाट बर्खास्त

हेटौंडा । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई पदबाट बर्खास्त गरेका हुन् । 

पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ‘ख’ अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका जानकारी दिए ।

बुधवारको मन्त्रिपरिषद् बैठकमा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद शुरु भएको थियो ।

त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निष्कर्षमा पुगेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?