प्रदेश १ का आन्तरिक मामिलामन्त्रीले दिए ज्यान मार्ने धम्की (उजुरीसहित)

काठमाडौं । गौरादह नगरपालिका २ का टंक खनालले प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

गौरादह बजारबाट नगरकै वडा नं. ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले लापरबाही गरेको र आफूहरुले निर्माण कार्य अवरुद्ध गरेपनि मन्त्री कार्कीले फोनमार्फत आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् । 

‘हिजो बिहान ९ः३३ बजे यसै प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्रीसमेत रहेका गौरादह नगरपालिका–३ मा बसोबास गर्ने हिक्मत कार्कीले एक्कासी फोन गरी तेरो बाउको बाटो हो ? बाटो छेक्ने अधिकार कसले दियो ? तँलाई आएर सिध्याइदिन्छु भनी ज्यान मार्ने धम्की दिएको हुँदा निजलाई कानूनको कठघरामा उभ्याइपाउँ,’ उजुरीमा निवेदकले भनेका छन् ।

उजुरी लिएर इलाका प्रहरी कार्यालय गौरादहका पुगेका खनाललाई प्रहरी सहायक निरिक्षक खड्गबहादुर खड्काले उल्टै गालि गरेको र प्रहरी नायब निरिक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए । तर, दर्ता नगरी गोजीमा हालेका छन् ।

गौरादहको बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन विष्णु जेभीले गत जेठ महिनामा सम्झौताबमोजिम वेस ग्राभेल नगरी पिच गर्न खोजेको स्थानीयवासीले आरोप लगाएका  छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?