पोखरा विमानस्थल दैनिक १५ घण्टा बन्द हुने

पोखरा । पोखरा विमानस्थलको धावनमार्ग मर्मत गरिनुपर्ने भएपछि १५ घण्टाका लागि बन्द हुने भएको छ ।

धावनमार्गमा कतिपय ठाउँहरुमा चर्किन र गिटी निस्किन थालेपछि नागरिक उड्यनन मन्त्रालयले दश वर्षपछि विमानस्थलको धावनमार्ग मर्मत गर्ने भएको हो ।

पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईंका अनुसार विमानस्थल आजदेखि दिउँसो २ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहनेछ । उनका अनुसार धावनमार्गमा दिउँसो ३ बजेदेखि काम हुनेछ भने राति सुकाउने काम हुनेछ ।

झण्डै एक महिनासम्म धावनमार्गको बाहिरी बाटो पिच गरिने भएपनि धावनमार्ग १५ दिनमै सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले १ करोड ९० लाख बजेटमा धावनमार्गको निर्माण गर्न लागेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?