चावहिलको बाटो फागुनसम्म फिलिली.. गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे भन्छन्, मान्नुस् न, जसरी नि बन्छ

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको राजनीतिक प्रेरणास्रोत स्व. सभासद चक्रबहादुर ठकुरी हुन् । स्थानीय तहको निर्वाचनमा उनले ८ हजार ९ सय ३७ मत प्राप्त गरेका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित चलिसेले आफ्ना प्रतिस्पर्धीलाई १ हजार ३ सय ५३ मतान्तरले हराएका थिए । लगत्तै निकालिएको विजय र्यालीमा गोकर्णेश्वर नगरपालिकालाई काठमाडौँको नमूना नगरपालिका बनाउने चालिसेको प्रण थियो ।  

विशेषतः नगरपालिकावासीले वर्षौंदेखि झेल्दै आएको फोहोर व्यवस्थापन, सडक, खानेपानी तथा पर्यटकीय गन्तव्यको उचित व्यवस्थापन लगायतका उनको योजना नगरपालिकावासीलाई चित्त बुझेको थियो ।

तर निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि गोकर्णेश्वर नगरपालिकावासीले फोहोर दुर्गन्धबाट मुक्ति पाएका छैनन् । दुईतिर घना बस्ती भएको बीचको साँघुरो सडक पनि बगर जस्तै भएको छ । यही सडकको कारणले दैनिक हजारौँ यात्रुले सास्ती झेल्नुपरेको छ । दुर्घटनाको जोखिम बढेको छ । धुलो र धुँवाका कारणले श्वासप्रश्वास सम्बन्धि रोग बढेको छ ।

निर्वाचन सम्पन्न भएपछि २ वटा बर्खा कटे । हिउँद कटे । तर सडकको हालत झनै दयनीय बन्दै गएको छ ।

यता, पर्यटकीय सम्भावना बोकेका गुह्येश्वरीदेखि गोकर्ण, चाबहिलदेखि बौद्ध होस् वा जोरपाटीदेखि सुन्दरीजल जोडिने बाटो या चावाहिल हुँदै साँखु शालीनदी जाने बाटो नै किन नहोस्, हिँडीसाध्यै छैन ।

यो बेथिती किन र कहिलेसम्म ? जनताको भोट यही सास्तीको निरन्तरताको लागि थियो त ? यही सन्दर्भमा केन्द्रित रहेर काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसँग लोकपथकर्मी अनिता आचार्यले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?