९० प्रतिशत नेपालीहरुलाई दाँत माझ्नै आउँदैन, डा. प्रकाश बुढाथोकीले दिए घतलाग्दा टिप्सहरु

मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत ।

खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्न जरुरी छ । शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाइमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ ।

हामीले खाएका हरेक खानेकुराका स साना टुक्रा दाँतमा अड्किएका हुन्छन् । गिजामा टासिएका हुन्छन् । यसको कारण दाँत किराले खाने, गिजा सुनिने, मुखमा आउने खाउ खटिरा आउने, गिजाबाट रगत आउने जस्ता समस्या दाँतमा हुने मुख्य समस्याहरु हुन् ।  सुर्ति र रक्सीको सेवनले पनि  मुखको क्यान्सर बढ्दै गएको छ । जाडोको मौसममा भने दाँत सिरिङ्ग हुने समस्या अत्याधिक हुन्छ ।

वीर अस्पलातका कन्सल्टेट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले लोकपथ डटकमसँग भने, ‘दाँतको बाहिरी तह इनामेलले बनेको हुन्छ, जुन शरिरको कडा तत्व हो । कुनै कारणबस् दाँतमा खिया लाग्यो भने किराले खाएर होस्, कडा ब्रस प्रयोग गरेर होस्, वा पाउडर मञ्जनले दाँत माझ्यो भने धेरै मात्रामा चिसो खाएको खण्डमा होस् त्यस बेला हाम्रो दाँतको बाहिरी इनामेल खिईन थाल्छ र  भित्रको डेन्टिङ देखिन्छ ।’ उक्त डेन्टिङले तातो र चिसो थाहा पाउने गरेको छ । विशेष गरि चिसो थाहा हुन्छ जसलाई सेन्सीटिभिटि भनिन्छ ।

मुखमा अड्केका खाद्य पदार्थ त्यहि कुहिन्छन् । कुहिए पछि त्यहाँबाट ‘अम्ल’ निस्कने गरेको छ त्यसले दाँतलाई कुहियाएर दाँतमा खाल्टो पार्छ र त्यसलाई चिकित्सकको भाषामा क्याभिटि भनिन्छ ।

उनले थपे “दाँत तथा मुखको जनचेतना को विषयमा राम्रो जानकार भयौं भने मात्र हामीलाई दाँत सफा राख्नु पर्छ भनेर थाहा हुन्छ । दाँतको महत्तव र मुख स्वास्थ्यको महत्तवको बारेका बुझन् जरुरी देखिएको छ । हामी जहाँ फोहोर त्यहाँ रोग भनेजस्तै मुख तथा दाँतको समस्याले हाम्रो शरीरको अरु अङ्गप्रत्याङ्ग पनि बिगार्छ ।”

हामीले खाना खाँदा सम्म मात्र त्यो खाना हो । जब त्यो हाम्रो दाँतमा अड्केर बस्छ तब त्यो फोहोर बन्छ । त्यस फोहोरलाई सफा गर्नको लागि हामीले ब्रसको प्रयोग गर्न गरेका छौं । दिनको दुई पटक बिहान खाना खाएपछि र बेलूका खाना खाएपछि  दाँत माझ्ने गर्नु पर्छ । अरु बेलामा खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ । दाँत माँझ्दा नरम ब्रसको मात्र प्रयोग गर्नुपर्छ । एक पटकमा चार देखि पाँच मिनेट लगाएर सफा गर्यौ भने मुख तथा दाँतमा हुने ८० देखि ८५ प्रतिशतको रोगहरुबाट मुक्त हुने चिकित्सक बुढाथोकी बताउँछन् ।

दाँतलाई स्वाथ्य राख्नको लागी खाने कुरामा नियन्त्रण गर्नु जरुरी हुन्छ । दाँत हो चपाईहाल्छ नि भनेर धेरै कडा चिजहरु चपाउन हुँदैन ।

“मासु भन्दा हड्डीभित्रको मासु (मासी) बढि मिठो हुन्छ भनेर हामी हड्डी चपाउँछौ । सुपारी, छुर्पी र केहीले त कोल्ड ड्रिङ्सको बिर्को पनि दाँतले खोल्ने गर्छन् । त्यसो गर्दा दाँत भाँचिन सक्छ ।

अति चिसो, अति तातो, अति नरम, अति गुलियो र अति अमिलो खाने कुराहरुलाई नियन्त्रण गर्नुपर्छ । सके सम्म खान छोड्नुपर्छ । सन्तुलित खाना, हरियो सात सब्जी, दुध तथा दुधजन्य पदार्थ र रेसा जन्य खानेकुराहरु बढि खाने गर्नुपर्छ ।

नेपालको परिपेक्ष्यमा निकै ठूलो रोग नलागी अस्पताल नजाने आम प्रवृत्ति रहेको बुढाथोकीको अनुभव छ ।

ठूलो रोग लागे पछि मात्र अस्पलात जान्छु भन्ने चलन जसलाई हामीले संस्कार बनाएका छौं त्यसलाई परिर्वतन गर्नु जरुरी भएको उनले बताए ।

“आफूले अपनाएको तरिका, प्रयोग गरेको ब्रस, अपनाएको ब्रसिङ टेक्निक, प्रयोग गरेको मञ्जन, खाएको खाना ठिक छ कि छैन भनेर जाँच्ने पनि स्वास्थ्य संस्था नै हो ।” बुढाथोकीले थपे । “प्रत्येक ६÷६ महिनामा आफ्नो दाँत तथा मुखको स्वाथ्य परिक्षण गराउनु पर्छ । कुनै समस्या छ भने शुरुकै अवस्थामा पत्ता लाग्छ र सजिलै रोकथाम पनि हुन्छ ।”

खाने कुरामा नियन्त्रण गर्ने र नियमित रुपमा दाँत तथा मुखको स्वास्थ्य परिक्षण ग-यो भने बङ्गारामा हात लगाएर बस्नुपर्ने अवस्था आउदैन ।

सामान्यतया बालबालिकाहरु र जेष्ठ नागरीकहरु दाँतको समस्याबाट बढी ग्रसीत हुन्छन् । आवश्यक ज्ञान तथा जनचेतनाको कमीको कारण धेरै मानिसहरु दाँत माझ्न अल्छी गर्छन् ।  गुलियोमा भुलिन्छन् ।

दाँतमा बाहिरबाट मात्र लागेको फोहोर स्केलिङ र ब्लिच गर्ने बाहेक अरु कुनै पनि उपाय नभएको डा. बुढाथोकीको भनाई छ ।

स्वभाविकै हो, पहेँलो दाँत कसैलाई मन पर्दैन । दाँतको रङ पहेलो छ भने ब्लिच गर्दा र पटक पटक स्केलिङ गर्दा दाँतको झनै  कमजोर हुने गरेको छ । पछि केही खाँदा पनि दाँत टुक्रने गर्छ । 

दाँत भित्र बाहिर भएको छ भने बाङ्गो भएको छ र धेरै नै बाहिर आएको छ भने खानेकुराहरु अड्कने र अन्य समस्या भएको छ भने दाँत र मुखको फाईदाको लागि भए पनि मिलाउन पर्ने डा. बुढाथोकीको भनाई छ । बिषेशज्ञबाट मात्र ब्रेसहरु लगाउदा राम्रो हुने भएकाले स्वास्थ्यलाई कुनै पनि हानी हुँदैन । मुखमा ब्रेस भएको अवधिमा पनि अरु बेला जस्तै सारो चिजहरु खाने, दाँतलाई बढि जोड दिने गर्नु हुँदैन ।

हामीले दाँत माझ्ने बेलामा सामान्य सिद्धान्तहरु पनि अपनाएका हुँदैनौं । हाम्रो पुर्खाले जे सिकाए हामीले त्यहि गर्दै आयौँ ।

नेपालमा ९० प्रतिशत भन्दा बढिले दाँत माझेको समय मिल्दैन । तरिका मिल्दैन । दाँत माझ्ने सामान्यभन्दा सामान्य तरीका थाहा पाएका हुदैनन् ।  बुढाथोकी भन्छन्, “प्राय हामीले दिनको एकपटकमात्र दाँत माझ्ने गरेका छौं । तर जुनबेला फोहोर हुन्छ त्यसबेला दाँत माझ्ने गर्नु पर्छ । हामीले दाँतलाई बढि फोहोर गर्ने भनेको खाएको बेलामा हो । ”

ब्रसलाई ४५ डिग्रिमा राखेर दाँत माझ्ने गर्नु पर्छ । ९० देखि ९५ ले प्रतिशतले यो कुरा जानेका छैनन् ।

नरम किसीमको ब्रस प्रयोग गर्नुपर्छ ।

“कडा ब्रसहरु बोलत सफ गर्न जुत्ता सफा गर्न बनाइएका हुन् दाँत सफा गर्न होइन ।”

फ्लोराइडी भएको मञ्जन प्रयोग गर्नुपर्छ ।

ब्रसभरी मञ्जन राखेर मात्रै दाँत सफा हुँदैन ।

सानो बच्चाहरुलाई सानो केराउको दाना जति मञ्जन राख्नुपर्छ ।

ठूलो मानिसका लागि ठूलो केराउको दाना जति ब्रसको माथि राखी बुढि औँलाले त्यसलाई भित्र थिच्नु पर्छ । यदी ब्रसको बाहिर मात्र मन्जन रह्यो भने ब्रस पहिला प्रयोग भएको ठाउँमा सकिन्छ । र पछि फिज मात्र आउँछ । भित्र थिच्यौं भने जति पटक पटक प्रयोग गर्दा प्रत्यक सतहमा पुग्छ र भित्रको मन्जन बाहिर आउँछ र राम्रोसँग काम गर्न पाउँछ ।

चिकित्सका अनुसार ‘फोल्राइड’ भएको जुनै पनि कम्पनिको मन्जन प्रयोग युक्त हुन्छ भने कुनै कारण बस किरा लाग्यो, सिरिङ्ग गर्यो भने दोस्रो कम्पिनीको मञ्जन प्रयोग गर्न सकिन्छ ।

दाँत दुखेको बेलामा तत्कालका लागि पेन किलर खानु सहि भएपनि  त्यसकै साहारा लिएर बस्नु भने हुँदैन । धेरै पेन किलरको प्रयोगले ग्यासट्रिक बढाउँछ भने कलेजो बिगार्दै लैजान्छ ।

दाँतमा दिन प्रति दिन किरा बढ्दै जान्छ र दाँत हलिन्छ । दाँत किराले खाएको ठाँउमा खाल्टो पर्छ र त्यसले हड्डिलाई असर गर्छ । दाँत र मुखको समस्याले शरिरभरिको अङ्गलाई असर पार्ने गरेको छ ।

स्वास्थ्य संस्थामा उपचार नगराई घरमै औषधी खाएर दाँत तथा मुखको उपचार नगर्न डा. बुढाथोकीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?