प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । 

४९ दिनपछि आज (सोमबार) बिहान ११ बजे प्रदेश ३ को प्रदेशसभा बैठक बस्न लागेको हो । बिजनेशबिहीन भएपछि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । 

बैठकमा दफावार छलफल सकिएका ५ विधेयक, प्रतिवेदन सहित पेश गर्ने तयारी छ ।

प्रदेश कार्य सञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयक, प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक सम्बन्धी छलफल हुनेछ । 

त्यस्तै प्रदेशमा खेलकूद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र सञ्चालन गर्न बनेको विधेयक दफावार पछिको प्रतिवेदन सहित पेश हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?