नेपाल फेरि एक पटक अन्तर्राष्ट्रिय एरिनामा : कारण बने चार्ल्स शोभराज

लोकपथ
377
Shares

काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिए लगत्तै यो समाचारले संसारभर तरंग ल्याएको छ ।

नेपालका सञ्चारमाध्यमका साथसाथै संसारका एक सय एक सञ्चारमाध्यमले शोभराज छुट्ने समाचारलाई मुख्य प्राथमिकता दिएर खबर छापेका छन् ।

हिजो (बुधबार) सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएपछि आज उनलाई रिहा गर्ने तयारी भइरहेको छ ।

उनी सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्।

सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। ७८ वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।

विश्वका विभिन्न चर्चित अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले शोभराजको रिहाइको विषयलाई यसरी समाचार बनाएका छन् ।

कुन अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के लेखे ?

रोएटर्स :

दि गार्जियन :

इकोनोमिक टाइम्स :

हिन्दुस्तान टाइम्स :

याहु न्यूज :

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?