प्रदेश २ सरकारको अभियान : ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

काठमाडौं । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ)ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ ।

प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए । 

उनका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ ।

प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिने उनले जानकारी गराए ।

अखिलले अभियानमा सहभागी हुन, सहयोग गर्न सम्बन्धित प्रदेशका सम्पूर्ण विद्यार्थि, शिक्षक, अभिभावक र आम जनसमुदायमा अनुरोधसमेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?