लोकदोहोरीमा जमेको एक जोडी, लाइभमा खुत्रुक्क पार्छन् भुवन, मोइबाइलमा पेल्छिन् रीता

भुवन चौलागाई र रीता हुमागाईले नेपाली लोक गीत क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । तर, छोटो समयमै उनीहरुले धेरथोर दर्शकको मन जित्न सफल छन्, केही फ्यान पनि कमाएका छन् ।

लोक सांगीतिक क्षेत्रमा सहयात्रा शुरु भएको २ वर्ष भएतापनि उनीहरुले एकअर्कालाई सानैदेखि चिनेका हुन् । एउटै गाउँमा जन्मे, हुर्केकाले उनीहरु सँगै घाँसदाउरा गर्ने, बालसुलभ खेल खेल्ने, एउटै स्कुल जाने गर्थे । बाल्यकाल सँगै बिताएकाले होला उनीहरुको प्रस्तुतिमा कताकता त्यो ‘केमेस्ट्री’ झल्किहाल्छ ।

एक अर्काको राम्रो बानीसँगै थुप्रै नराम्रा बानी र बाल्यकालमा गरेका अनगिन्ती बदमासीलाई विषय बनाएर उनीहरु दोहोरीमा घम्साघम्सी गरिरहन्छन् । यस्तै एउटा दोहोरी यी दुईले लोकपथको स्टुडियोमा पनि खेल्न भ्याए ।

भुवन र रीतासँग उनीहरुको सांगीतिक यात्रा, बाल्यकालका केही रमाइला किस्साहरु साथै भावी योजनाका बारेमा लोकपथ संवाददाता प्रेरणा तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

कति वर्ष भयो सांगीतिक यात्रा सँगै शुरु गर्नुभएको ?

हामीले सांगीतिक यात्रा शुरु गरेको दुई वर्ष भयो । तर, एकअर्कालाई पहिल्यैदेखि चिनेका हौं । एकै ठाँउमा जन्मियौं, हुर्कियौं । सँगै खेल्यौँ अनि अहिले पनि सँगै छौं । 
सानैदेखि गीत सङ्गीतमा रुचि थियो ।  हामी दुवैलाई लोक दोहोरी एकदमै मनपर्ने । गाँउ घरमा कार्यक्रम हुँदा हामी सँगै गाँउने गथ्र्यौं । 

यो दुई वर्षको सांगीतिक यात्रामा कतिको मनमुटावहरु भए ?

झगडा पर्ने भनेको लाइभ दोहोरी गाउँदा मात्र हो । श्रोता दर्शकहरुको चाहाना अनुसार दोहोरी प्रस्तुत गर्छांै । त्यसमा ख्याल ठट्टा, भनाभन हुन्छ तर, वास्तविक जीवनमा सानो देखि अहिले सम्म झगडा हुने मनमुटाव हुने चाहिँ भएन अहिले सम्म र हुँदैन पनि ।  

कला क्षेत्रप्रतिको रुचि कसरी बढ्यो ? 

रीता : सानै देखि नै गाउने चाहना थियो । गाउँको कार्यक्रकहरुमा गाइन्थ्यो । तर समय नमिलेर इच्छा हुँदाहुँदै पनि अवसर पाइएन । अहिले आएर साथीहरु सबै छुटिए । मिल्ने साथी नै भुवन हो । सांगीतिक क्षेत्रमा प्रवेश गर्दा एउटा साथी चाहिन्छ । त्यसैले उहाँसँगै मिलेर एल्बम निकाल्ने योजना बनायौं र योजनाअनुसार एल्बम निकालेका छौं । 

भुवन : सांगीतिक यात्रमा रुचि आफै आँउदो रहेछ । पहिलो त चाहाना हुनैप-यो । मनदेखि नै चाहेको कुरा त पूरा भइहाल्दो रैछ नि । सावित पनि भएको छ । सानै देखि संगीतमा रुचि थियो । 
मेरो जीवन रीताको भन्दा अलि फरक छ ।

उहाँ त महिला भएको कारण घरकै कामहरुमा बाँधिनु भयो । हाम्रो जन्म त काभ्रेमै भएको हो ।  तर, म १७ वर्षको उमेर देखि नै विदेशमा थिएँ । विदेशमा रहँदा पनि म संगीतलाई एकदमै माया गर्थें । खास गरी काठ क्षेत्रका गीतहरु बढी सुन्ने गरेको थिएँ ।

हाम्रो सांगीतिक यात्राको शुरुवात त गाँउघरमा कार्यक्रम हुँदा गाँउदा देखि नै भइसकेको थियो । स्कुल पढ्दा नै हामीले हाम्रो सांगीतिक यात्रा तय गरिसकेका थियौं । तर मिडियामा आउने, एल्बम निकाल्ने, लाइभ दोहोरीहरु गाउने, ठूल्ठूला स्टेज शोहरु गर्ने गरेको दुई वर्ष मात्र भयो । सबैजनाले सर्पोट पनि गर्नुभयो । त्यतिबेलाको परिस्थिति र अहिलेको फरक छ । पारिवारिक समस्या भएका कारण हामीलाई हौसला र प्रेरणा दिनेहरुको पनि कमी थियो । तर अहिले समय बदलिएको छ । हामी जस्तो समस्या अहिलेकाहरुलाई छैन ।

बढी त भुवनले नै पेल्नु हुन्छ । उहाँ पहिला देखि नै धेरै दोहोरी गाउने भएर पनि हो । म चाहिँ परेको ठाँउमा मात्र गाउने हो । उहाँले त अतिनै पेल्ने । पहिला सानो हुँदा घाँस काट्न जाँदा त गीत गाएर कति पेल्नु हुन्थ्यो । 

दुई वर्षमा कतिवटा स्टेज शोहरु सँगै गर्नुभएको छ ? 

स्टेज प्रोग्रामहरु त धेरै नै सँगै गरेका छौं । साना तिना गरेर लगभग १०÷१२ वटामा हामीले सँगै गाइसक्यौं । 

आफ्ना सबै प्रस्तुतिहरु मध्ये तपाईहरुलाई सबैभन्दा मनपरेको चाहिँ कुन हो ?  

सबैभन्दा राम्रो प्रस्तुति टिकाभैरवमा भएको थियो । एकदमै राम्रो र रमाइलो । त्यस कार्यक्रममा हामीले रातैभरि गाएका थियौं । ललितपुर बासीहरुले एकदमै मन पराउनु हुन्छ हामीलाई । हुन त सबैले मन पराउनु हुन्छ । जो काठ क्षेत्रका गीत सुन्नुहुन्छ उहाँहरुले मन पराउनु हुन्छ । 

रातैभरि गाएको गीत अझै सम्झिनु भएको छ ? 

हजुर । सम्झना छ ।  

दोहोरी ‘अन दि स्पट’ गाउनुहुन्छ कि अगाडि नै तयारी गरिएको हुन्छ ? 

परिस्थिति त्यहीँ नै सिर्जना हुन्छ । एउटा कलाकारको क्षमता भनेकै यही हो । जो कोहीले म लाइभ दोहोरी गाँउछु भनेर गाउन सक्दैन । एल्बम र लाइभ दोहोरीमा गाउने गीतहरु फरक हुन्छन् । लाइभ दोहोरी गाँउदा विषय वस्तुहरु समसामयिक हुन्छन् । दोहोरीमा परिवेशले जे माग्छ त्यही भन्ने हो तर, रेकर्डिङमा लेखेर, हेरेर गाउने हो । 

दुई जनामा सबैभन्दा धेरै शब्दले पेल्ने को हो ?

रीताः बढी त भुवनले नै पेल्नु हुन्छ । उहाँ पहिला देखि नै धेरै दोहोरी गाउने भएर पनि हो । म चाहिँ परेको ठाँउमा मात्र गाउने हो । उहाँले त अतिनै पेल्ने । पहिला सानो हुँदा घाँस काट्न जाँदा त गीत गाएर कति पेल्नु हुन्थ्यो । 

भुवन जीलाई पेल्न सक्नु भएको कुनै प्रस्तुति याद छ ? 

रीताः बढी त भुवनले नै पेल्नु हुन्छ । उहाँ पहिला देखि नै धेरै दोहोरी गाउने भएर पनि हो । म चाहिँ परेको ठाँउमा मात्र गाउने हो । उहाँले त अतिनै पेल्ने । पहिला सानो हुँदा घाँस काट्न जाँदा त गीत गाएर कति पेल्नु हुन्थ्यो । 

पछिल्लो समय काठे भाकाका गीतहरु चोरेर त्यसको मौलिकतालाई मासियो । भन्ने कुराहरु आइरहेका छन् । यसमा के भन्नु हुन्छ ? 

गीत संगीतको सर्जकलाई सम्मान गर्नुपर्छ । जो कोहीलाई पनि सिर्जना गर्न आउँदैन । त्यसैले कसैले सिर्जनालाई चोरेर आफ्नो नाम जबरजस्ती राखिदिँदा उनीहरुको सिर्जना नै मरे बराबर हुन्छ ।

पहिला सर्जकहरुले गाएका गीतहरु बजारमा आएका छन् । लय चोरिएको छ । शब्दहरु पनि चोरिएका छन् । यसरी अरुको नामबाट आफूले नाम कमाउनु गलत हो । जसले यसो गर्छ उनीहरुमा चाहिँ क्षमताको कमी नै भएर हो भन्छु म । 

हामी चाहिँ सम्पूर्ण कलाकारिता र कलाकारहरुको सम्मान गर्छौं । सबैलाई मेरो नमन पनि छ । म पनि गीत सिर्जना गर्छु, लय बनाउँछु, शब्द भर्छु, मोडलिङ गर्छु, गाँउछु । मैले सिर्जना गरेको संगीत अरुले चोरेर गाँउदा मेरो पनि मन दुख्छ । म ओझेलमा पर्छु । सकिन्छ आफैले सिर्जना गर्ने । सकिदैन, अर्काको नचोर्ने । 

पहिला सर्जकहरुले गाएका गीतहरु बजारमा आएका छन् । लय चोरिएको छ । शब्दहरु पनि चोरिएका छन् । यसरी अरुको नामबाट आफूले नाम कमाउनु गलत हो । जसले यसो गर्छ उनीहरुमा चाहिँ क्षमताको कमी नै भएर हो भन्छु म । 

मनपर्ने गायिका ?

भुवन : मलाई काठ क्षेत्रको पार्वती कार्की मनपर्छ, स्वर मीठो छ उहाँको । 

रीता : सबै मनपर्छ तर एकजना मात्रै भन्नुपर्दा मलाई गीता दिदी मनपर्छ । काठ क्षेत्रको पार्वती दिदी पनि मनपर्छ ।

मनपर्ने गायक ?  

रीता : गायक चाहिँ त्यस्तो एकजना मात्र भन्नलाई कोही छैन । सबै उत्तिकै मनपर्छ । 

भुवन : सबै कलाकारहरुलाई सम्मान गर्छु तर, गायकमा मलाई मनपर्ने एकजना चकलेटी गायक हुनुहुन्छ । लाइभ दोहोरी साथै एल्बममा पनि मिठास दिनुहुन्छ । प्रदिप रोक्का जी । 

धेरै फ्यान हुनुहुन्छ होला तर, कोही क्रेजी फ्यान याद छ ?

भुवनः क्रेजी फ्यान त धेरै छन् । सबै भन्दा धेरै क्रेजी फ्यान याद गर्नुपर्दा ठ्याक्कै याद भएको चाहिँ एकादशीको बेलामा नुवाकोटमा एउटा सांगीतिक कार्यक्रममा भेटेको थिएँ सुजन कार्की भन्ने व्यक्तिलाई । उहाँले मेरो निकै तारिफ गर्नुभयो । अनि, ओहो मलाई यति माया गर्ने फ्यान हुनुहँुदो रहेछ भन्ने थाहा भयो । 

रीताः धेरैजना हुनुन्छ होला । तर, मलाई याद भएको चाहिँ नकुल शर्मा हो । मेरो हरेक गीतहरु शेयर गरिरहनुभएको हुन्छ । हरेक गीतमा आफ्नो प्रतिक्रिया पनि दिइराख्नुभाको हुन्छ ।

यति गुड लुकिङ हुनुहुन्छ भुवन जीको केटी फ्यानहरु चाहिँ कतिको छन् ? 

केटी फ्यान त धेरै हुनुहुन्छ । 

फ्यानले प्रेम प्रस्ताव राख्नु भएको छ ?

मेरो पारीवारिक जीवन सबैलाई थाहा छ । म लुकाउँदिन पनि । म विवाहित मान्छे हो । त्यस्ता फ्यानहरु पनि आए जीवनमा । मैले सम्झाएँ पनि यो गलत छ भनेर । अहिले पनि आउँछन् बेलाबेला । 

केटीहरुको प्रेम प्रस्ताव आउँदा श्रीमती रिसाउनु हुँदैन?

थाहा दिनु हुँदैन नि त (हाँसो) ।

थाहा नदिनलाई केके गर्नुहुन्छ ?

आफ्नो मोबाइल र पर्स कसैलाई नदिने ।  

रीताः मेरो पनि मोबाइल र पर्स मेरो अनुमतिबिना श्रीमान र छोराछोरीले छुनुहुन्न । म पनि मेरो श्रीमानको चलाउँदिन । 

अन्तिममा दर्शकलाई के भन्न चाहनुहुन्छ ? 

भुवनः हामीले संगीत यात्रा शुरु गरेको दुई वर्ष भयो । ६÷७ वटा एल्बम बजारमा आइसक्यो । आफै शब्द लेख्छु । लय भर्छु । मेरा जति पनि गीत बजारमा आएका छन् दर्शक श्रोताहरुले मनपराइ दिनु भएको छ र आगामी दिनमा पनि यतिकै माया र साथको अपेक्षा गरेको छु ।

हामीले अहिलेको पुस्ताको रुचिलाई मध्यनजर गर्दै एउटा गीत बनाएका छौं । त्यसलाई पनि उसैगरी माया गरिदिनुहुन्छ भन्ने आशा छ । मेरो कमीकमजोरीलाई सुधार्ने प्रयास पनि गर्नेछु । कलाकारलाई माया गर्नुहोस् । गीत संगीतको सम्मान गर्नुहोस् । धन्यवाद । 

रीताः दर्शकहरु प्रति आभारी छु । हाम्रो नयाँ गीत छिट्टै बजारमा आउँदै छ । आशा छ दर्शकहरुले मनपराइ दिनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?