‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल मंगलवारदेखि शुरु

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत भोली ‘मंगलवार’देखि छैटौँ चरणको खेल हुँदैछ । 

आइतवार पाँचौ चरणको खेल सकिँदासम्म उपाधि होडमा रहेको मनाङ मस्याङदी क्लब र विभागिय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

मनाङ मस्याङदी क्लब शत प्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ लिगको शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बराबरीसहित १३ अंका साथ दोस्रो स्थनामा छ ।

थ्रीस्टार र सङ्कटा क्लब भने चारमा जीत र खेल खेलमा पराजित हुँदै समान १२-१२ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीन खेलमा जीत र एक खेलमा हार र एकमा बरारी गर्दै समान १०-१० अंकका साथ  पाँचौ र छैटौँ स्थानमा छन् ।

सरस्वति क्लब भने दुईमा जीत र तीन खेलमा पराजित हुँदै ६ अंकका साथ लिग तालिकाको सातौँ स्थानमा छ । 

‘ए’ डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लबले एक खेलमा जीत, एक खेलमा बराबरी र तीन खेलमा हार बेर्हो-दै ४ अंकका साथ तालिकाको आठौँ स्थानमा छ । 

लिग अन्तर्गत भोली ‘मंगलवार’ हुने छैटौँ चरणको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लब र न्युरोड टिम ‘एनआरटी’बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मंगलवार नै हुने दोस्रो खेलमा  नेपाल पुलिस क्लब र संकटा क्लब आमने-सामने हुनेछ ।

दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । 

यो प्रतियोगिताको विजेताले ५० लाख, उपविजेताले३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौले सात लाख र छैटौंले पाँच लाख पुरस्कार पाउनेछ ।

फेयर प्ले टिमले एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?