विमान खरिदमा घोटाला गर्ने एनएसीलार्इ ऋण दिने सञ्चय कोष र लगानी कोष संसदीय कठघरामा

काठमाडाैं : नेपाल वायुसेवा निगम (एनएसी) का पदाधिकारीहरूले एअरबस कम्पनीको वार्इडबडी खरिद गर्दा घोटाला गरेको अाशंकामा छानबीन गरिरहेको संसदको लेखा समितिले विमान किन्न ऋण दिने दुर्इवटा संस्थामाथि प्रश्न उठाएको छ । 

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एनएसीलार्इ विमान किन्न २४ अर्ब रूपैयाँ ऋण दिएका थिए । तर, संसदीय समितिले भने निगमको व्यवसायिक योजना नै विश्लेषण नगरि यी दुर्इ ऋणदाताले ऋण दिएकोमा प्रश्न गरेको हो । 

यो पनि ः निगमका महाप्रवन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद भट्टराई

वार्इडबडी खरिदमा ६ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रकम घोटाला गरेको अाशंकामा लेखा समितिले हाल एनएसीका पदाधिकारीलार्इ बयान दिन बोलार्इरहेको छ । बिमान खरिद प्रकरणमा निरन्तर बैठक बसिरहेको समितिले ऋणदाता संस्थाहरूलार्इ समेत छानबीनको दायरामा तानेको हो । 

तर, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले भने खरिद प्रकृयामा भएको भनिएको अनियमिततामा छानबीन गर्न लेखा समितिले मन्त्रालयलार्इ सहयोग गर्नुपर्ने बताएका छन् । वार्इडबडी खरिद घोटाला प्रकरणमा मन्त्री अधिकारीको नाम समेत जोडिएको छ । 

यो पनि ः वायुसेवा निगमसँग लेखा समितिको २१ प्रश्न, २ अर्ब ४० करोड कमिसन खोइ ?

लेखा समितिलार्इ मन्त्री अधिकारीले बारम्बार अाफुहरूले विमान खरिदमा भएको घोटालाबारे छानबीन गर्न समिति बनाएको, संसदीय समितिले अाफुहरूलार्इ सहयोग गर्नुपर्ने र नागरिक लगानी कोष तथा कर्मचारी सञ्चयकोषले निगमको योजना हेरेरै जमानीमा ऋण दिएको तर्क पेश गर्दै अाएका छन् । 

निगमले वार्इडबडी खरिद गर्दा एउटा कम्पनीको बोलपत्र स्वीकृत गरि अर्कै फर्जी कम्पनी दर्ता गराएर सो कम्पनीमार्फत प्लेन भित्र्यार्इ साढे ६ अर्ब रूपैयाँ घोटाला गरेको अारोप लागेको छ । बिमान भित्र्याएपनि व्यवसायिक योजनाअनुसार काम नगर्दा हाल निगम घाटामा गएको छ । 

यो पनि ः निगमलाई बोक्नु न टोक्नु ‘वाइडवडी ए३३०’, यसरी गुम्दै बजार हिस्सा

सञ्चालनकै लागि रकम नभएपछि निगमले अर्थ मन्त्रालयसँग रकम समेत माग गरेको छ । तर अर्थमन्त्री डा. युवराज खतिवडाले निगमलार्इ निजीकरण नगरेसम्म ऋण नदिने अडान लिएका छन् । 

सरकारले नै ऋण नदिने भएपछि विमान खरिद घोटालामा मुछिएको निगमलार्इ व्यवसायिक साझेदार खोज्न अाफु लागिपरेको पर्यटनमन्त्री अधिकारीले बताएका छन् । हाल युरोपेली युनियनले लगाएको प्रतिबन्धका कारण खरिद गरिएका दुर्इ वार्इडवडी जहाज सञ्चालनमा समेत समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?