रोकिएन ‘२.०’ को कमाइ, एक हप्तामा कति कमायो?

मुम्बई । बक्स अफिसमा अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ ले आफ्नो कमाइलाई निरन्तरता दिएको छ ।  फिल्म पूरै भारतमा गज्जबको प्रस्तुति गरिरहेको छ । यो फिल्मको हिन्दी संस्करणले अझ बढी राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले ७ दिनमा शानदार कमाइ गरेको छ ।

बुधवार ‘२.०’ रिलिज भएको ७ दिन पूरा भएको छ । फिल्मको हिन्दी भर्सनको कमाइ पहिलो हप्ताको कलेक्सन झण्डै १ सय ३३ करोड छ । फिल्मले ९५ करोड ओपनिङ विकेन्डपछि पनि राम्रो प्रदर्शन गरिरहेको छ ।

फिल्मको ६ दिनको कलेक्सन १ सय २२ करोड रहेको बताइएको छ ।

फिल्मले दोस्रो विकेन्डमा १५० करोडभन्दा बढी कमाउने आँकलन गरिएको छ । यो कलेक्सनसँगै यो फिल्मले ‘बाहुबली’ को कलेक्सनभन्दा बढी कमाइ गरेको छ । सन् २०१५ मा आएको तेलुगु फिल्म हिन्दी भर्जनले १ सय १७ करोड कमाएको थियो ।

यो फिल्मले विश्वभरबाट ४ सय ८० करोड कमाइ गरेको छ । फिल्म ट्रेडसँग जोडिएका सूत्रका अनुसार फिल्मले झण्डै ४ सय ८८ करोडको ग्रस कलेक्सन गरेको छ । यसमध्ये ३ सय ६७ करोड भारतमा मात्रै कमाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?