संसारको अनौठो मध्येको एक उत्कृष्ट प्रतिभा, जहाँ बस चालक बने ‘सेलिब्रेटि’

संसारमा सिमित मान्छेले मात्र आफ्नो जिब्रोले नाक छुन सक्छन्, यही संसारमा एकजना यस्तो मान्छे छ जसले आफ्नो जिब्रोले निधार छुन सक्छ । 

यज्ञबहादुर कटुवाल । उनको उमेर ३५ वर्ष । पेशाले उनी स्कूलको बस चालक हुन् । उनी सँग एउटा अचम्मको कला छ, जसका कारण उनी नेपालको सेलिब्रेटि भएका छन् । उनको साथीले एउटा भिडियो अप्लोड गरेपछि उनलई संसारभरको मनिसले चिनने क्रम क्रमशः बढ्दै गएको छ । 

यज्ञ, संसारमा आफ्नो सबै भन्दा लामो जिब्रो भएको दाबी गर्छन् । तर, उनी प्रायः जस्तो अरुलाई देखाउन चहाँदैनन् किनकी बच्चाहरु त्रसित हुने गरेका छन् । 

नेपालको बस चालक, जसले संससारको एक त्यसमात्र व्यक्ति जसले आफ्ने जिब्रोले निधार छुने दाबी गर्छन् । उनी आफ्नो एउटा दाँत प्रति धन्यवादी छन् जसले उनलाई यो काम गर्न मद्दत पुर्याएको छ । 

उनी भन्छन्, “मलाई लाग्छ कि म यो काम गर्दा सुन्दर देखिन्छु । म मेरो ओठले मेरो नाक छोप्न सक्छु, जिब्रोले निधार छुन सक्छु र बुलेट बाइकको आवाज निकाल्न सक्छु ।” 

‘मैले हरर फिल्ममा खेल्ने मौका पाएँ भने मेकअप नलगाइकनै मान्छेलाई तर्साउन सक्छु । अरु कलाकारले मेकअप लगाएर दर्शाक तर्साउ छन्” उनले भने ।

‘मैले हरर फिल्ममा खेल्ने मौका पाएँ भने मेकअप नलगाइकनै मान्छेलाई तर्साउन सक्छु । अरु कलाकारले मेकअप लगाएर दर्शाक तर्साउ छन्” उनले भने ।

केटाकेटिहरु उनको छेउमै पर्दैन । सानो बच्चाहरु उनकोे क्रियाकलाप देखेर डराउने गरेका छन् । बच्चाहरु मात्र हैन युवायुवतिहरु पनि कटुवालले नाकले मुख छोपेको देखेर विहोस समेत हुने गरेका छन् ।  

“मलाई मुखले नाक छोपेर र जिब्रोले निधार छोएर गिनिज बूक अफ वल्र्ड रेकड्र्समा आफ्नो नाम लेख्न मन छ” उनले थप्दै भने ।  

पुष्कर नेपाल, जसले यज्ञको भिडियो खिचेका थिए, उनी भन्छन्, “यज्ञ मानसिक र शाररिक रुपमा ठिक छ । उसले सानो उमेरमा नै आफ्नो जिब्रोले निधार छुन सक्ने पत्ता लगाएका थिए ।”

यज्ञको एउटा मात्रै दाँत छ, जसको कारण उनले यो सब गर्दै आएका छन् । उनको कला अति नै अच्चमको छ यद्यपि उत्कृष्ठ छ । एजेन्सीको सहयोगमा । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?