जब मृत महिलाको गर्भाशयका कारण बच्चा जन्मियो, संसारमै पहिलोपटक भएको थियो यस्तो

काठमाडौं । दुनियाँमा कैयन् यस्ता चमत्कार हुन्छन्, जहाँ साँच्चिकै कुनै कुरालाई विश्वास गर्न गाह्रो हुन्छ । यदि यही कुरा हाम्रो जीवनमा प–यो भने पनि त्यसले सबैलाई अचम्मित बनाउँछ ।

रोचक र अपत्यारिलो कुरा त के छ भने एक मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर दुनियाँमा पहिलो बच्चालाई जन्म दिइएको छ । यसलाई चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो उपलब्धि भनिएको छ ।

लांसेटको एक अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो । एक ४५ वर्षीय दिमागी रुपमा मृत महिलाको गर्भाशय प्रत्यारोपण गरी  सन् २०१७ मा एक स्वस्थ बालिकालाई जन्म दिइएको थियो । उक्त उपलब्धिपछि सबै महिलालाई लाभ मिल्ने अड्कल गरिएको छ । बाँझोपन समस्याबाट ग्रसितलाई यो उपलब्धिले ठूलो राहत दिने लक्ष्य लिइएको छ ।

ब्राजिलको साओ पाउलोमा सेप्टेम्बर २०१६ मा १० घण्टाभन्दा बढी चलेको अपरेशनमा गर्भाशयको प्रत्यारोपण गरिएको थियो । बच्चीले डिसेम्बर २०१७ मा जन्म लिएकी थिइन् ।

संसारमा पहिलोपटक मृत डोनरले दिएको गर्भाशय प्रत्यारोपणपछि बच्चा जन्मिएको थियो ।

अमेरिकाको चेक गणराज्यमामा पनि मृत महिलाको गर्भाशय प्रत्यारोपणका लागि १० प्रयास गरिएका थिए । तर ती सबै प्रयास भने विफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?