सुमित र अस्मिताले भने – हामीबीच झगडा भएको हैन, हल्लाको पछि नलाग्नुस्

काठमाडौं । नेपाल आइडलका दुई प्रतिस्पर्धी सुमित पाठक र अस्मिता अधिकारीबीच सामाजिक सञ्जालमा आएका विभिन्न हल्लाको खण्डन गरेका छन् । सुमितले झापा जाँदा आइडलकी प्रतिस्पर्धी अस्मितालाई गाडी चढ्न नदिएको भन्ने आशयका समाचार र भिडियो सामाजिक सञ्जाल फेसबूक र युट्युबमा पनि सार्वजनिक भएका थिए ।

उक्त भिडियोको दुवैले खण्डन गरेका हुन् ।

सुमित र अस्मिता एकसाथ फेसबूकमा लाइभ आएर आफूहरुबीच त्यस्तो केही नभएको, मिस अन्डरस्टान्डिङ भएको र गाडी चढ्न नदिने भन्ने आशयले आफूले केही नभनेको सुमितले बताए ।

साथै आइडलकी अर्की प्रतिस्पर्धी अस्मिता अधिकारीले पनि मिडियामा आएजस्तो केही नभएको र आफूहरु अहिले मात्र नभएर पछिसम्म पनि मिल्ने भएकाले यस्ता हल्लाको पछि नलागी दुवैलाई आइडलमा सपोर्ट गर्न आग्रह गरिन् ।

नेपाल आइडलको सिजन २ मा प्रतिस्पर्धी रहेका झापाका सुमित पाठक र अस्मिता अधिकारी झापा जाने क्रममा अस्मितालाई सुमितले आफ्नो गाडीमा चढ्न नदिएको भन्ने समाचार केही पेजले हालेपछि सुमितको सामाजिक सञ्जालमा विरोध भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?