आयो अशोक दर्जीको अर्को गीत (भिडियो)

काठमाडौं । एकताका युट्यबबमार्फत भाइरल भएका अशोक दर्जीले स्वर दिएको दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक भएको छ ।

गायक टंक बुढाथोकीले आफ्ना छोरा आर्यन बुढाथोकीलाई समेत गाउन लगाएको गीतमा टंक बुढाथोकीको पनि स्वर छ । गीतले प्रेमका भावनालाई प्रस्तुत गरेको छ । गीतमा शब्द तथा संगीत गायक टंककै रहेको छ ।

गीतको भिडियोलाई पशुपतिनाथ क्षेत्र परिसरमा सौरभ लामाले खिचेका हुन् ।

गीतको भिडियोमा टंक बुढाथोकी, आर्यन, डिजे रुपक, अशोक दर्जी, दीपिका शर्मा लगायतले अभिनय गरेका छन् । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?