सामुहिक बलात्कारपछिको ३ सय ९१ दिन : फरार ३ अभियुक्त पक्राउ, बलात्कृत युवतीको यस्तो याचना (भिडियो सहित)

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर गोदामचौरमा ३ सय ९१ दिन अगाडी भएको बलात्कारका मुख्य अभियुक्त पक्राउ परेका छन् । 

सामुहिक बलात्कार घटनाका फरार ३ जना अभियुक्त गोदावरीबाट बुधबार पक्राउ परेका हुन् ।

प्रहरीले बुधबार बलात्कार घटनामा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रघु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरी टोलीले बुधबार बलात्कार घटनामा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रघु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई होटेलमा लुकिछिपि बस्दै आइरहेको अवस्थामा पक्राउ गरेको हो ।

ललितपुर एसएसपी रविन्द्र धानुकका जानकारी अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडि बढिसकेको छ । फैसला र न्याय दिने अदालतको जिम्मेवारी भएकाले कानूनी प्रकिया अनुसार उनीहरुलाई सजाय हुने धानुकले लोकपथलाई बताए ।

यता पीडितले भने बलात्कार भएको केहि दिनमा किटानी जाहेरी दिँदा पक्राउ गरीएपनि जिल्ला अदालत ललितपुरले प्रमाण नपुगेको भन्दै न्यायधिस बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेका कारण तीन सय ८९ दिन पछि अभियुक्त पक्राउ भएपनि आफूले न्याय पाउने कुरामा निर्धक्क हुन नसकेको गुनासो गरीन् । 

भएको के थियो ?

ललितपुरको भित्री वस्ती गोदामचौरमा २०७४ मंसिर २ गते २१ वर्षकी युवतीको कार्यालयबाट घर फर्कने क्रममा सामूहिक बलात्कारपछि हत्या प्रयास भयो । बलात्कारीले उनको टाउकोमा ढुंगाले हानेर मरणासन्न हुनेगरी कुटपिट गरे । दुई तीन ठाउँमा हातै भाँचिदिए । लात्ती बर्साए ।  मुड्कीले हानेर शरीर थिलथिलो पारे । युवतीको शरीर भोलीपल्ट अर्थात् मंसिर तीन गते खेलाको किनारामा भेटियो । पुरै अचेत अवस्थामा । बाँच्ने कुनै सम्भावना नै नदेखेका आफन्तले पाटन अस्पलात ललितपुर  लगे । तर पाटनले टिचिङ रिफर ग-यो । दुई साताको उपचारपछि मात्रै उनको होस खुल्यो ।

पिडितको होस खुलेपछि उनले आफूलाई बलात्कार गरेको आरोपमा रघु सिलवाल, विशालध्वज कार्की, पवन कुँवरको नाम किटेरै सातदोबाटो प्रहरी वृत जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेर अदालतमा बलात्कार तथा ज्यान मार्ने उद्योग मुद्दा पनि चलायो । जिल्ला अदालत ललितपुरले २०७४ पुस २६ गते मुद्दामा पीडित ‘होस्टाइल’ भएको तथा मुद्दामा कानुनी प्रक्रियाको प्रश्न उठाउँदै सबैलाई साधारण तारेखमा रिहाइको आदेश दियो ।

आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा पुनरावेदन दियो । उच्च अदालतले भने जिल्लाको आदेश उल्ट्याउँदै माघ २५ गते थुनामै राख्न आदेश दियो । त्यसलगत्तै सबै अभियुक्त फरार भए । तर पीडितले शारिरीक पिडा त छँदैछ मानसिक रुपमा विछिप्त भएर बस्नुपरेको छ ।  पीडितको परिवार छोरी र बुहारी न्यायका लागि भौतारिइरहेका छन् । यतिसम्म कि उनीहरू त्रासका कारण गाउँबाट विस्थापित हुनुपरेको छ ।

“म मरेको भए पनि हुन्थ्यो” पीडित 

“म मरेको भए पनि हुन्थ्यो । बाँचेर पनि म केहि गर्न सक्दीन । मरेको भए बरु कसैलाई दुख हुने थिएन । सबैले न्याय दिलाउँछु मात्र भन्छन् । अदालतले पनि अपराधीलाई छोड्यो, प्रहरीले वास्ता नै गरेन । मलाई कसैले पनि न्याय दिएनन् ।” फाँसीको डरले पनि बलात्कारका घटनामा कमी आउने हुँदा कानूनमा यो व्यवस्था आवश्यक रहेको बलात्कृत जुनकिरी बताउँछिन् ।  

“म मरेको भए पनि हुन्थ्यो । बाँचेर पनि म केहि गर्न सक्दीन । मरेको भए बरु कसैलाई दुख हुने थिएन । म बाँचेर पनि केहि अर्थ नै भएन । मैले न्याय पाउँछु जस्तो लाग्दैन । सबैले न्याय दिलाउँछु मात्र भन्छन् । अदालतले पनि अपराधीलाई छोड्यो, प्रहरीले वास्ता नै गरेन । मलाई कसैले पनि न्याय दिएनन् ।” जुनकिरी (नाम परिर्वतन) ले भनिन्, “बलात्कृत हुने लाई न्याय दिनुपर्छ सरकार । फाँसीको डरले पनि बलात्कारका घटनामा कमी आउने हुँदा कानूनमा यो व्यवस्था आवश्यक रहेको बलात्कृत जुनकिरी बताउँछिन् ।  


………..

पीडितकी आमा उर्मिला पोखरेलको निन्द्रा हराएको छ । उनी रात  दिन नभनी छोरीको लागि भौतारीरहेकी छिन् । तर पनि प्रशासनको लापरबाही र प्रहरी प्रशासनको मौनताको कारण न्यायको आशा मर्दै गएको उनको अनुभव छ  । 

उनी भन्छिन्, “बलात्कारपछि मर्लान्त हुन्जेल कुटेर बगरमा फ्यालिएकी छोरी घिसार्दै अस्पताल लग्यौँ । रात छिप्पीसकेको भएतापनि अस्पतालबाट घर फर्कदा न्याय पाईन्छ होला भनेर म प्रहरी चौकी गएर मात्र फर्के । छोरीको होस आएपछि उसले प्रहरीलाई नाम नै दिएर किटानी जाहेरी दिएकी हो । तर मेरो छोरीले किन न्याय  पाएकी छैन ? यो व्यक्तिले बलात्कार गर्यो भन्दा पनि किन कार्बाही भएन ?  रगताम्मे शरीरले दिएको बयानभन्दा मेसिन कसरी पत्यारीलो भयो । 

पीडित २०७४ साल मंसिर २ गते बिहान साढे ८ बजे माइती बाट खाना खाएर कार्यालय गएकी थिइन् । बेलुका १० बजे सम्म पनि बुहारी घर नफर्केपछि माइतिमा फोन गयो । 

छोरी त्यहाँ आएकी हुन् ? 

“छोरी बेलुका दस बजे सम्म नि घर नपुगे पछिमात्र हामीलाई खबर आएको हो । हुन त उसको परिवारले उनको फोन अफ हुने बितिकै बुहारी कता गई, चोकमा पुगेको अहिले सम्म पनि घर आको छैन् भनेर खोजेका रहेछन् ।”, पोखरेलले भनिन् । 

बेलुका ज्वाँइहरु मिलेर गोदावरी खोज्न गएको उनले बताईन् । तर प्रहरीले भने ‘तपाईको बुढि राम्री थिइ होला कसै सँग गई’ जस्तो मर्यादाविपरीतका शब्दको प्रयोग गरेकोमा उनले आक्रोस व्यक्त गरिन् । यद्यपी यो शब्द उनीहरुसँग प्राविधीक रुपमा रेकर्डेड छैन तर मष्तिष्कमा गढेर बसेको छ । 

पीडितलाई अस्पलातमा भर्ना गरिएको दुई साता पछि मात्र होस आएको थियो ।  

“अस्पताल लगिएको १०/१५ दिन पछि  होस आयो । होस खुल्ने बित्तिकै उसले  मलाई ‘जबरजस्ती’ गरे भनि ।” उनले भनिन्, “छोरीको होस आएपछि उसले प्रहरीलाई नाम नै दिएर बयान दिएकी हो ।”  

“उसलाई अस्पताल लगिएको १०/१५ दिन पछि मात्र होस आयो । होस खुल्ने बित्तिकै उसले आफूलाई पछाडिबाट धकालेर, मेरो हात भाँचे, मलाई ‘जबरजस्ती’ गरे भनि ।” उनले भनिन्, “पहिला त आफ्नै छोरी बाँच्ने हो की हैन नै भन्ने पिर थियो । कहाँ जाने कसो गर्ने होस हरायो । छोरीको होस आएपछि उसले प्रहरीलाई नाम नै दिएर बयान दिएकी हो ।”

गोदावरी नगरपालिका वडा नं १ गोदामचौर रघु सिलवाल (काका: उसलाई संबोधान गरीने नाम) ले जुनकिरीलाई पछाडिबाट धकेलेको र विशालध्वज कार्की र पवन कुँवर खेत भन्दा तल रहेको जुनकिरीले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ । 

स्थानिय तहको निर्वाचनमा भोट माग्न आउँदा जनप्रतिनिधिले अपराधीलाई काूननको कठघरामा ल्याईछाड्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि चुनाव जिते पछि कुनै पनि पहल नगरेको पीडित परिवारको गुनासो छ । सबैको मिलेमतो भएको उनको आमाको शंका छ । न्यायलयको कुर्सीमा बसेर न्यायाधीशले अन्याय गरेको उनले बुझेकी छिन् । 

“सबै जना पैसामा बिके होला । पैसा विना त न्याय पाइँदैन भन्ने त हामीलाई थाहा थियो । पुलिसको रिर्पोटमा के छ पनि हामीलाई थाहा नै छैन । पढेर पनि सुनाउनु भएन । कसले के गर्दैछ हामीलाई केही पनि थाहा नै छैन । न्यायको आशा त मर्यो हजुर ।”

“सबै जना पैसामा बिके होला । पैसा विना त न्याय पाइँदैन भन्ने त हामीलाई थाहा थियो । पुलिसको रिर्पोटमा के छ पनि हामीलाई थाहा नै छैन । पढेर पनि सुनाउनु भएन । कसले के गर्दैछ हामीलाई केही पनि थाहा नै छैन । न्यायको आशा त मर्यो हजुर ।” उनले भनिन्, “महिला आयोगमा पनि हामी गएका थियौं । महिला अधीकारकर्मीहरुले तपाईको छोरी बलात्कृत भएको हैन्, टिचिङका जन्मेकी हो भनेर सोच्नु भन्नु भयो । डिनए पनि नेगेटिभ आयो रे । हाम्रो रिर्पोटहरु कुनै पनि सहि आउँदैन् भनेकै थिए ।” 

अदालतले नै विभिन्न बहाना बनाएर आरोपीलाई रिहा गरेको उनको भनाई  छ । 

“अब न्यायाधिसले नै रिर्पोट ढिलो आयो । होस ढिलो आयो भने पछि त हामीले भन्ने ठाउँ नै थिएन ।”

पीडा त उनलाई अहिले लगाएको झुटा आरोपबाट पनि छ । पछिल्लो समय उनी प्रहरी कार्यलय गएको बेलामा त्यो दिन बलात्कार नभएर कसैलाई फसाउन खोजीएको भनिएको थियो । निर्मला पन्तको बलात्कार र हत्यालाई उदाहरण दिँदै प्रहरीले प्रमाणहरु नष्ट गर्न जुट्नेले, आफ्नो बिरुद्धमा बयान उल्ट्याउँदा कुनै आश्र्चय नभएको उनको भनाई छ । 

“कस्ले आफ्नो टाउको आफै फुटाउन सक्छ ? आफ्नो हात कसले भाँच्न सक्छ ? नसा च्यात्न सक्छ अनि चिसोमा विना कपडा बस्न सक्छ ? उनले प्रश्न गरिन्, छोरी मान्छे एक्लै हिड्नु भनेको आउ मलाई बलात्कार गर भनेको हो र ? 

“कस्ले आफ्नो टाउको आफै फुटाउन सक्छ ? आफ्नो हात कसले भाँच्न सक्छ ? नसा च्यात्न सक्छ अनि चिसोमा विना कपडा बस्न सक्छ ? उनले प्रश्न गरिन्, छोरी मान्छे एक्लै हिड्नु भनेको आउ मलाई बलात्कार गर भनेको हो र ? उनले थपिन् ।  “प्रहरीलाई पैसा प्यारोे, नेतालाई कुर्सी प्यारो ।”

बलात्कारीलाई फाँसीको सजाय नभएसम्म देशको कुनै पनि छोरीहरु सुरक्षित नभएको उनको तर्क छ । 

पीडकहरूको पहुँच माथिसम्म र सम्पत्तिवाल भएकाले मेरी छोरीले न्याय पाउन सकिन’, उनले भनिन् ‘गाउँमा पनि अभियुक्तविरुद्ध कोही बोल्दैनन् । अपराधी समातिए मात्र छोरीको पीडामा मल्हम लाग्नेछ ।’ गम्भीर प्रकृतिको यस्तो घटनामा पनि अदालतबाटै साधारण तारिखमा छाडिएकोप्रति उनको आपत्ति छ । पीडित युवतीको हात अझै राम्ररी चल्दैन । शरीरका घाउमा खाटा बस्दै गए पनि उनी मानसिक रूपमा विक्षिप्त छन् । 
…………..
“हामीलाई त पिडा माथि झन् पिडा छ हजुर ।” पीडितको सासु इन्दिरा घलेले दुःख बिसाइन्, हाम्रो चार जना परिवारको सानो संसार थियो । तर ति पापीहरुले त्यसमा आगो लगाइदिए ।”
यति भन्दै गर्दा उनको मनमा भएका पीडाहरु आँशु बनेर बगे । 

तपक्क । 

*******

आफूले ओडेको रातो पछ्यौराले आशु पुछ्दै उनले भनिन् , आगो लगाइदिने भनेर हामीलाई धम्किहरु आउन थाल्यो ।  एउटा सानो घर थियो अहिले त त्यो पनि हामीले बेचिसक्यौं । डराएर त होइन तर ऋण तिर्नको लागी । यसको (बुहारी) उपचारमा धेरै खर्च भएकाले पनि ऋण तिर्नको लागी पनि बेच्नै पर्ने भयो ।”

हाडी गाउँ चोकमा आएपछि छोरा र बुहारी सँगै आउनु भनेको धेरै समय सम्म पनि बुहारी घरमा नआएपछि इन्दिराको मनमा अनेकौं कुराहरु आउन थाले । कतै दुर्घटना भएको पोहो कि भनेर उनको मन झनै व्याकुल हुन थाल्यो । 

साँझ ६ बजेर २० मिनेटमा श्रीमानले फोन गर्दा उठेन । जुनकिरी (नाम परिर्वतन) खोज्न ससुरा, नन्द र ज्वाइँ निस्किए । गोदावरी खोलाको पुल तरेर पारि पुगे । टौखेलसम्म पुगें। तर, बुहारी भेटिइनन् । टौखेल चोकमा खटिएका दुई–तीन जना प्रहरीलाई हुलिया बताए । उनीहरूले भने, ‘भोलि १० बजे फोटो लिएर कार्यालय आउनू।’

टाउकोबाट बगेको रगत सुकेर कट्कटाएको थियो । मुखभरि रगत । दाहिने हात भाँचिएको । दाहिने कान च्यातिएको । कम्मरमुनि लुगा थिएन । वरपरको जमिन मडारिएको । घटनास्थलका यी सबै प्रकृतिले ‘सामूहिक बलात्कार’को जनाउ दिन्थे । मंसिरको दोस्रो रात । जाडो छिप्पिएको मौसममा रातभर ढल्दापीडितकोे शरीर कठ्यांग्रिसकेको थियो । जिउँदो या प्राणविहीन भन्ने पनि यकिन थिएन । 

“हामी यहाँ बसेको २० वर्ष भयो । कसै संग पनि कुनै किसिमको दुश्मनी छैन । अपराधीले सजाय भोग्नै पर्छ ।”

“हामी यहाँ बसेको २० वर्ष भयो । कसै संग पनि कुनै किसिमको दुश्मनी छैन । कसैले गर्ने लगाएको हो कि ? हाम्रो केही गल्ती गरेको भए हामीलाई हानी गरेको भए हुन्थ्यो । तर अपराधीले सजाय भोग्नै पर्छ ।”

महिला अधिकारकर्मीहरू धाउन थालेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै कार्यालयमा पीडितलाई बोलाएका थिए । उपचार हुँदै गरेको शरीरसहित जुनकिरी (नाम परिर्वतन) लाई आफन्तसँग टिचिङ अस्पतालबाट प्रधानमन्त्री कार्यालयमा पुराए । देउवाले न्याय हुने विश्वास दिलाए । औषधि–उपचारबापत तीन लाख रुपैयाँ दिने प्रतिबद्धता पनि गरेका थिए । तर आज सम्म प्रधानमन्त्री कार्यलयबाट उनलाई कुनै पनि किसिमको आर्थिक सहयोग पाएकी छैनन् । 

धेरै दवाव आएपछि बिरामी बुहारीलाई लिएर उनीहरु बयान बदल्नको लागि भनेर प्रहरी कार्यालय पनि गएका थिए । तर प्रहरीले अपराधी उनीहरु नै हो भनेर दावी गरेपछि उनीहरुलाई जर्बजस्ती करणी र ज्यानमाराको मुद्दामा अदालत चलान गरिएको थियो । 

धेरै दवाव आएपछि बिरामी बुहारीलाई लिएर उनीहरु बयान बदल्नको लागि भनेर प्रहरी कार्यालय पनि गएका थिए । तर प्रहरीले अपराधी उनीहरु नै हो भनेर दावी गरेपछि उनीहरुलाई जर्बजस्ती करणी र ज्यानमाराको मुद्दामा अदालत चलान गरिएको थियो । 

अपराधी पक्षले पीडितको परिवारलाई पैसा लिएको आरोप पनि लगाएका थिए । धेरैले त कुनै बेलाको ब्याईफ्रेण्डले गर्न लगाएकोे भनेर हल्ला फैलाएका पनि थिए । पीडितलाई शारीरक पीडा भएको बेला मानसीक दबाव बढि भएको पीडित परिवारको भनाई छ । 

थरीथरीका कुराहरु आउने गरेका छन्  । कोहीले आरोपीहरु गाँउमै छन् भन्ने गरेका छन् भने कोहीले इण्डियामा छन् भन्ने पनि गरेका छन् । परिवार नै मार्ने भनेर धम्की आएको छ । 

“भएको एउटा छोरा पनि मारीदिन्छु भनेका थिए । हामी कति मात्र सहने । हामीलाई त जसरी भए पनि न्याय चाहिन्छ हजुर ।” घलेले हात जोडेर विलौना गरीन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?