यो कुरामा सलमान खानभन्दा अलग छन् टाइगर श्राफ

मुम्बई । बलिउडका युवा अभिनेता टाइगर श्राफले आफ्नो बलिउड करिअरको शुरुवात फिल्म ‘हिरोपन्ती’ बाट गरेका थिए । आफ्नो करिअरका केही वर्षमा नै उनले राम्रो सफलता हात पारे । उनको पछिल्लो फिल्म ‘बागी २’ ले बक्स अफिसमा कमाल गरिदियो ।

यो फिल्मले आफ्नो ओपनिङ डे मा २५ करोडको कमाइ गरेर टाइगर पनि चर्चित अभिनेता भएको प्रमाणित गरिदिएको थियो । केवल ५ वर्षमा उनी बलिउडका चर्चित अभिनेतामा गनिन थाले ।

उनका फिल्म ‘हिरोपन्ती’, ‘बागी’ र ‘बागी २’ रिलिज भएका छन् । टाइगरको फिल्म ‘बागी’ ले बक्स अफिसमा १ सय २७ करोड ‘बागी २’ ले २ सय ५० करोड कमाएको थियो ।

आफूले दर्शकबाट पाएको प्रेमप्रति आभार जनाउँदै टाइगरले भनेका छन् – भारतमा तिहारमा पूरा परिवार एकसाथ भएर समय बिताउने मनोरञ्जनको एउटा माध्यम फिल्मलाई मान्ने गरिन्छ, मेरा फिल्मले तिहारको सिजनभन्दा अरु बेला रिलिज गर्दा पनि दर्शकको माया पाएका छन् । यसैले म फ्यानप्रति निकै आभारी छु ।

बलिउडमा यही कुरालाई सलमान खानसँग पनि दाँजेर हेर्ने गरिएको छ । किनकि, सलमान खानले प्रायः फिल्म इद या तिहारजस्ता ठूला चाड पारेर नै रिलिज गर्ने गर्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?