अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ ले कमायो ७ सय करोड

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकानत र बलिउडका खेलाडी भनिने अक्षयकुमार स्टारर फिल्म ‘२.०’ ले बक्स अफिसमा राम्रो कमाइगरिरहेको छ । यो फिल्मले १८ दिनमा विश्वभरबाट ७ सय करोड कमाइ गरेको बताइएको छ ।

एस शंकरले निर्देशन गरेको यो फिल्म २९ नोभेम्बरमा रिलिज भएको थियो । सन् २०१० मा बनेको फिल्म रोबोट को सिक्वेल यो फिल्मले हिन्दी र तेलुगु संस्करणमा १० हजारभन्दा बढी स्किृनमा रिलिज भएको थियो ।

फिल्ममा रजनीकान्त, एमी ज्याक्सन र अक्षयकुमारले मुख्य भूमिका निभाएका छन् । फिल्म रिलिजको दुई हप्तामै ७ सय करोडको ग्रस कलेक्सन गरेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मले पहिलो हप्तामा ५ सय ५६ करोड ८६ लाख ग्रस कलेक्सन गरेको थियो । यस्तै दोस्रो हप्तामा फिल्मले १ सय ८४ करोड १२ लाख कमाइ ग–यो । फिल्मले टोटल ७ सय १० करोडको ग्रस कलेक्सन गरेको हो ।

झण्डै ६ सय करोडको लागतमा बनेको यो फिल्म भारतको अहिलेसम्मकै मंहगो फिल्म हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?