यस्तो छ कंगना अभिनित ‘मणिकर्णिका’ को ट्रेलर (भिडियो)

काठमाडौं । अभिनेत्री कंगना रनावतले झाँसीकी रानीको भूमिका निभाएको चलचित्र ‘मणिकर्णिका’ को ट्रेलर रिलिज गरिएको छ । जी स्टुडियोले आफ्नो युट्युब च्यानलमार्फत उक्त ट्रेलर रिलिज गरेको हो । मुम्बईमा ट्रेलर लन्चका लागि विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

२५ जनवरीमा रिलिज हुने यो फिल्मको ट्रेलरलाई लिएर दर्शकले जबरजस्त प्रतिक्रिया दिइरहेका छन् । मुम्बईमा भएको ट्रेलर लन्च कार्यक्रममा कंगना रनावत पनि उपस्थित थिइन् ।

फिल्म युनिटले यसअघि नै टिजर सार्वजनिक गरेको थियो । टिजरबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्म लामो समयसम्म विवादमा आएको थियो । यो फिल्मका निर्देशक राधाकृष्ण जगरलामुडीले फिल्मबाट बीचमा हात झिकेका थिए । त्यसपछि कंगना रनावतले नै निर्देशन गरेकी थिइन् । निर्माताका अनुसार यो फिल्मको सत्तरी प्रतिशत भाग कंगनाले नै निर्देशन गरेकी हुन् ।

फिल्ममा कंगनाको मुख्य भूमिका समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?