नेपाली पात्रोले ल्यायो नेपालीमै टाइप गर्न मिल्ने नेपाली किबोर्ड

काठमाडौं । ‘नेपाली पात्रो’ मार्फत मोबाइल तथा इन्टरनेट प्रयोगकर्तासँग जोडिएको नेपाली पात्रो टिमले एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताहरुका लागि नेपालीमा टाइप गर्न मिल्ने ‘नेपाली किबोर्ड’ सञ्चालनमा ल्याएको छ । नेपाली पात्रो टिमले एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताहरुका लागि यो एप बजारमा ल्याएको हो ।

केही वर्षदेखि नेपाली पात्रोले तिथिमिति, समाचार, राशिफल तथा ब्लगबारे जानकारी दिँदै आएको थियो । सोही टिमले सार्वजनिक गरेको नेपाली किबोर्डमा रोमन, देवनागरी रोमनाइज्ड, फोनेटिकका साथै अङ्ग्रेजी पनि सहजै टाइप गर्न सकिन्छ । डेभलपर टिमले यो किबोर्ड प्रयोगकर्ताका प्रतिक्रियाका आधारमा अझै परिष्कृत गर्दै लैजानेछ ।

टिमको दाबीअनुसार यो किबोर्ड अन्य नेपाली किबोर्डका तुलनामा राम्रो छ र बढी इमोजी पनि समावेश गरिएको छ । किबोर्डमा कुनै शब्द टाइप गर्दा शब्दहरु किबोर्डले आफै सिफारिस गर्छ । एपमा ती शब्द छनोट गरेर राख्न पनि मिल्छ ।

किबोर्डलाई अङ्ग्रेजीबाट नेपालीमा पनि सजिलै लैजान सकिने भएकाले प्रयोगकर्ताले अझ सहज हुने डेभलपर टिमले विश्वास लिएको छ ।

नेपाली पात्रो एम डेभलपर टिमका एक डेभलपर भन्छन्, ‘हामी उत्साहित छौँ, सबैलाई सहज होस् भनेर बनाएको यो एप प्रयोगकर्ताले रुचाउनुभएको छ, केही प्रतिक्रिया आएका छन्, त्यसमा पनि हामीले काम गरेका छौँ ।’

नेपाली पात्रो टिमले यो किबोर्डमा थप सुविधा थप्दै जाने र प्रयोगकर्ताको चाहनाअनुुसार परिष्कृत गर्दै जाने पनि बताएको छ । एपलाई एन्ड्रोइड एप र आइओएसमा एप स्टोर ‘नेपाली किबोर्ड’ टाइप गरेर सर्च गर्न सकिनेछ ।

सीधै नेपाली किबोर्ड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?