रवि ओड नेपाल आइडल बन्दा सुदूरपश्चिममा खुसियाली, राती नै दीपावली

काठमाडौं–ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको नेपाल आइडल सिजन २ को फिनालेबाट कञ्चनपुरका रवि ओड विजेता बनेपछि उनको गृहनगरसहित पूरै सुदूरपश्चिममा खुसियाली छाएको छ ।

शुक्रबार राती अन्य ३ प्रतियोगीलाई पछि पारी  उनी नेपाल आइडल घोषित भएसँगै खुसियाली मनाउँदै घरबाहिर निस्किएका स्थानीयले कैलालीको धनगढीलगायतका जिल्लाहरुमा दीपावली नै गरेको समाचार प्राप्त भएको छ । उनीहरुले शनिबार विजयी र्याली पनि निकाल्ने तयारी गरेको बताइएको छ ।

राती सडकमा निस्किएका सुदूरपश्चिमबासीले रविको समर्थनमा नेपाल आइडल रवि ओड,  यो जित कस्को रविको लगायतका  नारा लगायका थिए।

 नेपाल आइडलको फाइनलमा पुगेसँगै रविलाई सुदूरपश्चिमेलीको बलियो समर्थन थियो। उनका समर्थकहरुले अभियानै चलाई रविलाई भोट गरेका थिए।

 नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?