२०१९ का लागि कोरियाले १० हजार नेपाली कामदार लग्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । 

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने भएको हो । कामदार छनोटका लागि फागुनको दोस्रो साता १० औं भाषा परीक्षाको आवेदन आह्वान हुने भएको छ । 

नेपालमा इपिएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गर्न पाउने भएका छन् ।

कोरियालले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता भाषा परीक्षा गर्ने योजना बनाइएको छ । 

कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अबैद्य रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?