भलिबल खेल्न साइन्स विषय छोडेका जितेन्द्र चन्दको त्यो पृष्ठभूमि, यो सफलता

वि सं २०४९ सालतिर काठमाडौंमा १५ सय रुपैयाँमा एकजनाको गुजारा चल्थ्यो । कोठाभाडादेखि पाकेट खर्च सबै १५ सयले नै पुग्ने समयमा जितेन्द्र ६३ सय कमाउँथे, स्कुल पढाएर १८ सय र भलिबल कोचिङ गरेर ४५ सय । यही पैसा सञ्चित गरेर २१ वर्षे जितेन्द्रले काम शुरु गरेको ३ वर्षमै धनगढीमा २ कठ्ठा जग्गा किने ।

अहिले उनको काठमाडौंमा घर छ, जग्गाजमिन छ तर, त्यो २ कठ्ठा जमिन उनलाई सबैभन्दा प्रिय लाग्छ । ‘मान्छे जति नै माथि उडोस् तर, उसले आफ्नो धरातल बिर्सनुहुँदैन’, उनी भन्छन् । यही कारणले गर्दा आफू जुनसुकै क्षेत्रमा पनि सत् प्रतिशत लगनशील र इमानदार भएर काम गर्ने उनले बताए ।

‘मेरो लगनकै कारणले नेपाल भलिबल संघमा यो मेरो दोस्रो कार्यकाल हो’, उनी मुस्कुराउँदै थप्छन्, ‘दोस्रो पटक पनि पहिले जसरी निर्विरोध चुनिएँ ।’

जितेन्द्र बहादुर चन्द नेपाल भलिबल संघका महासचिव हुन् । आफै पनि भलिबल खेलाडी रहिसकेका उनले खेलाडी जीवनमा सोच्थे ‘कुनै दिन म संघमा आएँ भने यसो गर्छु, यी कुराहरु परिवर्तन गर्छु’ । नभन्दै उनले त्यो अवसर पाए । अवसरलाई भरपूर सदुपयोग गरेको कुरामा उनी विश्वस्त छन् ।

भन्छन्, ‘भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्नु हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।’ भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गरेपछि अब खेलाडीहरुलाई पनि देशमै रोक्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने जिम्मेवारी बोध भइसकेकाले आफूहरु यसैका निमित्त लागिपरेको चन्दले बताए ।

अहिलेका खेलाडीहरु कमाउनलाई खेल्छन्

जितेन्द्र आफूलाई नेपाली भलिबलको अभिभावक मान्छन् । त्यसैले खेलाडीहरुले यो भएन, त्यो भएन भनेर गुनासो गरिरहँदा उनको मन कटक्क खान्छ । एउटा अभिभावकले जसरी आफ्ना छोराछोरीको सबै इच्छाआकाङ्क्षा पूरा होस् भन्ने चाहँदाचाहँदै पनि विविध कारणले पूरा गर्न सकिरहेको हुँदैन कुनैबेला आफ्नो अवस्था पनि त्यस्तै हुने उनले बताए । 

भलिबल संघले उनलाई ‘पद’ दिएको मात्र छैन त्यससँगै जोडिएर आउने जिम्मेवारीको भारका बारेमा पनि सिकाएको छ । त्यसैले त उनी भन्छन्, ‘खेलाडी भएर डिमान्ड गर्न सजिलो छ तर, उच्च पदमा बसेर त्यसलाई पूरा गर्न कठिन ।’ यो उनको व्यक्तिगत अनुभवको बोली हो । उनले खेलाडी र महासचिव दुवै भूमिका निभाइसके ।

हाम्रो लागि खेल एक नसा थियो, जर्सी लाउन पाउँदा खुब रमाउँथिम्’, फ्ल्यास ब्याकबाट बाहिर आउँदै उनी थप्छन्, ‘अहिलेका खेलाडीहरु यसैले खान, लाउन, घुम्न, बाँच्न पुगोस् भन्ने सोच्छन् अनि कहाँ हुन्छ त !’ 

आफू पनि कुनै जमानामा राष्ट्रिय स्तरको खेलाडी भएकै कारण उनलाई पहिला र अहिलेका खेलाडीबीच तुलनात्मक अध्ययन गर्न केही सहज छ । उनको यही तुलनात्मक अध्ययनले भन्छ  ‘पहिलेका खेलाडीहरु ‘नाम’का लागि खेल्थे, अहिलेका ‘दाम’का लागि’ ।

‘हाम्रो लागि खेल एक नसा थियो, जर्सी लाउन पाउँदा खुब रमाउँथिम्’, फ्ल्यास ब्याकबाट बाहिर आउँदै उनी थप्छन्, ‘अहिलेका खेलाडीहरु यसैले खान, लाउन, घुम्न, बाँच्न पुगोस् भन्ने सोच्छन् अनि कहाँ हुन्छ त !’ 

भलिबल छोडिन, स्ट्रिम बदलेँ

चन्दका पिता प्रधानाध्यापक भएकाले उनले प्राथमिक शिक्षा बुबाकै स्कुलबाट लिए । कक्षा ६ देखि उनी पढाइकै सिलसिलामा घरबाट टाढा रहनुप-यो ।

सानैदेखि पढाइमा अब्बल भएकाले एसएलसीमा सेकेन्ड डिभिजनमा उत्तीर्ण भए । त्यसताका सेकेन्ड डिभिजनलाई ‘डिस्टिन्सन’ सोसरह मानिन्थ्यो । इन्जिनियर बन्ने सपना देखेका चन्द महाकाली अञ्चलकै साइन्स क्याम्पसमा भर्ना भए । त्यहीँदेखि शुरु भयो उनको भलिबल यात्रा ।

काठमाडौंबाट कोच ल्याएकाले हरेक साँझ क्याम्पसको प्राङ्गणमा ट्रेनिङ हुन्थ्यो । त्यसअघि कहिल्यै भलिबल नसमाएका चन्दको मनमा भलिबल मोह जाग्यो । उचाइ, फूर्ति, लगन आदि सबैको बेजोड तालमेलले उनलाई कलेज टिम हुँदै महाकाली अञ्चलको टिममा सम्म पु-यायो । उनले त्यही टिमबाट राष्ट्रिय स्तरका प्रतियोगितासमेत खेल्ने अवसर पाए ।

राम्रै विद्यार्थीको सूचिमा पर्ने भएकाले फेल हुँदा निकै अप्ठेरो महसुस गरेको उनी सम्झिन्छन् । तर, त्यतिन्जेल भलिबलको क्रेज यति बढिसकेको थियो कि उनले खेल त्याग्न सकेनन् बरु ‘विज्ञान’ संकाय नै त्यागिदिए । 

तर, दुर्भाग्यवश खेलका निमित्त बढी समय खर्चिदा उनको पढाइ बिग्रियो, ११ को फाइनलमा उनी फेल भए । राम्रै विद्यार्थीको सूचिमा पर्ने भएकाले फेल हुँदा निकै अप्ठेरो महसुस गरेको उनी सम्झिन्छन् । तर, त्यतिन्जेल भलिबलको क्रेज यति बढिसकेको थियो कि उनले खेल त्याग्न सकेनन् बरु ‘विज्ञान’ संकाय नै त्यागिदिए । 

‘भलिबल छोड्ने मुडमा म पटक्कै थिइन’, उनी अगाडि थप्छन्, ‘बुबाले पनि यो कुरा बुझेर नै साइन्स छोड्ने सल्लाह दिनुभयो अनि छोडेँ ।’  

त्यसपछि भारत, काठमाडौं, सिंगापूर हुँदै उनले स्नातक, स्नातकोत्तर उत्तीर्ण गरे । यतिन्जेल पनि भलिबललाई निरन्तरता दिइरहेका उनले साउथ एसियन गेम्स भने खेल्ने अवसर पाएनन् । त्यसपछि उनले खेल क्षेत्रमा केही समय अल्पविराम लगाएर शिक्षण क्षेत्रमा प्रवेश गरे । अहिले उनी नासा इन्टरनेसनल कलेजका प्रशासनिक अध्यक्षको कार्यभार सम्हालिरहेका छन् ।  

सुदूरपश्चिमाञ्चलको बैतडीस्थित पाटन गाविसबाट शुरु भएको चन्दको यात्रा भारत, सिंगापूर हुँदै काठमाडौंमा आइपुगेको छ । यात्रा सहज पक्कै थिएन तर, उनले यात्राको भरपूर मजा लिए । लिइरहेका छन् ।

मिलेको परिवार छ । परिवारमा श्रीमती, दुई छोरी, एक छोरा छन् । प्रोफेस्नल लाइफ पनि उत्तिकै राम्रो चलिरहेको छ । यसबाहेक जविनसँग अरु केही आशा नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?