सरकारले सार्वजनिक ग-यो जेष्ठ सहसचिवको नामावली

काठमाडौं । सरकारले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको छ । सरकारले अगाडि बढाएको कर्मचारी समायोजनसँगै जेष्ठ सहसचिव कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवातर्फका २ सय २५ सहसचिवहरुको नामावली सार्वजनिक गरेका हुन् । 

प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नामावलीको पहिलो स्थानमा चुडामणि शर्मा रहेका छन् भने दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव रहेका छन् । त्यस्तै चौथो र पाँचौं नम्बरमा क्रमशः दीपक सुवेदी र चन्द्रमा श्रेष्ठ छन् । 

पहिलो नम्बरमा रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् । शर्मा तत्कादिन कर फर्छ्यौट आयोगको सदस्यसचिव समेत रहेका छन् । 

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ । 

यसैगरी कर्मचारी समायोजनका लागि निवेदन आह्वान गर्ने अन्तिम तयारी पनि भइरहेको अधिकारीले जनाएको छ । 

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश गत मंसिर २३ गते जारी गरेको थियो । उक्त अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारित गर्नुपर्छ । 

६ महिनाभित्र पारित नभए अध्यादेश स्वतः निष्कृय हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?