प्रदेश ५ का ४ जिल्लामा खाद्यान्न समस्या

काठमाडौं । प्रदेश ५ का ४ जिल्लामा खाद्यान्न समस्या देखिएको छ । 

प्रदेश ५ को १२ जिल्लामध्ये ४ जिल्ला प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्न समस्या देखिएको हो । 

खाद्यान्नमा आत्मनिर्भर मात्र नभएर प्रदेश ५ ले बाह्य समेत खाद्यान्न निर्यात गर्ने गरेको छ । तर, यही प्रदेशका यी ४ जिल्लामा भने आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सकेको छैनन् । 

प्रदेशको भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी तथ्यांक अनुसार यी जिल्लामा खाद्यान्न समस्या देखिएको हो । 

सबै भन्दा कमजोर पश्चिम नवलपरासी देखिएको छ ।

तथ्यांकअनुसार पश्चिम नवलपरासी जिल्लामा ६ हजार २ सय ५ मेट्रिक टन खाद्यान्न अझै अपुग छ भने रोल्पामा २ हजार ५ सय २० मेट्रिक टन खाद्यान्न अपुग छ । त्यस्तै बाँकेमा १ हजार ७ सय ६७ मेट्रिक टन र प्युठानमा १ हजार ७ सय ३० मेट्रिक टन खाद्यान्न अपुग छ । 

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुसार प्रदेश नम्बर ५ मा कुल भुमि क्षेत्र १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर छ । त्यसमा २२ लाख ७४ हजार ६ सय ३२ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ ।

मन्त्रालयले अहिले खाद्यान्न आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम शुरु गरेको प्रवक्ता श्रीकृष्ण नेपालले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?