प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै, ५ विधेयक प्रस्तुत हुँदै

हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । 

बुधवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा एउटा प्रतिवेदनसहित ५ विधेयक प्रस्तुत हुँदैछ । 

बैठकमा प्रदेश भित्रका राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवस्था, स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यस्तै देश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलपछिको प्रतिवेदन पनि आजकै बैठकमा पेश हुनेछ ।

प्रदेशसभा सचिवालय स्रोतका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी संशोधन विधेयक पनि प्रस्तुत हुने जनाएको छ ।

यसैगरी गत सोमवार बसेको मन्त्रीपरिषद् बैठकले पुष १२ गतेबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?