खोप लगाउने बित्तिकै शिशुको मृत्यु , आमा भन्छिन्, बिस्तारै गर्नुेहोस् भन्दाभन्दै मारिदिए ..

सोमबार ललितपुरको चापागाउँ बसोबास गर्ने जमुना राउत आफ्नो बच्चालाई ४५ दिन बिसिजि खोप लगाउन पाटन अस्पलात पुगिन् । 

हाँसीरहेको बच्चाको सबै परिक्षण गरेपछि नर्सले नियाम राज राउत (४५ दिन )लाई सुई लगाईदिइन् ।

सुई लगाएको केही समय पछि नियामको मृत्यु भयो । हाँसीखुसी  अस्पतालमा नियमित लगाउने सुई लगाउन अस्पताल आएकी आमाको काख रित्तीयो तर अस्पलातले ''ब्रोउट डेस्थ'' अर्थात् (ल्याउदै मृत्यु) भएको भन्दै सर्टिफिकेट बुबाको हातमा थमाइदियो ।

सुई लगाएको केही समय पछि नियामको मृत्यु भयो । हाँसीखुसी  अस्पतालमा नियमित लगाउने सुई लगाउन अस्पताल आएकी आमाको काख रित्तीयो तर अस्पलातले ''ब्रोउट डेस्थ'' अर्थात् (ल्याउदै मृत्यु) भएको भन्दै सर्टिफिकेट बुबाको हातमा थमाइदियो । र जवाफ दिन वा जिम्मेवारी पुरा गर्न आवशयक नै ठानेन । 

अस्पताल लिएर आउँदा बच्चाको स्वास्थ्य ठिक भएको र नियमित सुई लगाउन मात्रै आएको बेला नर्सले लापरबाहि गर्दा  बच्चाको मृत्यु भएको पिता राज बहादुर राउतले लोकपथलाई बताए ।

 

राउतका अनुसार, बच्चाको देब्रो हात र दुई बटा थाईमा सुई लगाइएको थियो । सुई लगाइएका हात ठिक भएपनि देब्रो थाई भने सुई लगाएको केहि समयमै सुनिदै आएको थियो ।  

निन्याउरो अनुहारमा बुधबार अस्पताल परिसरमा भेटिएका राउत भन्छन्, “डाक्टरले सुई लगाउँदा बच्चाको मासुको भाग नसमातिकन लगाईदिनु भयो । सुई लगाएको ठाउँ बच्चाको थाईबाट धेरै नै रगत बगेको थियो । एउटा सुरुवाल रगताम्मे भएर हामीले अर्को फेरेका थियौं ।”  

 

 

चिकित्सकहरुले अनौपचारीक रुपमा बच्चाको मुटु कमजोर भएकाले मृत्यु भएको भने पनि अस्पताल आउनु केही समय अगाडि सम्म बच्चा ठिकठाक रहेको अभिभावकको भनाई छ । उनीहरु भन्छन्, चिकित्सकहरु माथिनै शंका छ । 

चिकित्सकहरुले पोस्टमार्टमकोे रिर्पोट नआउँदा सम्म केहि पनि भन्ने अवस्था नरहेको बताएका छन् । 

राउत चिकित्सकहरुसँग बच्चाको रिर्पोट माग्न नगएका पनि होइनन् । तर, चिकित्सकहरु पन्छिने गरेको उनी बताउँछन् । 

अस्पतालमा कार्यरत एक महिला चिकित्सकले बच्चाको मृत्यु हुनु भन्दा पहिलाको सबै रिर्पोटहरुमा बच्चाको स्वास्थ्य राम्रो भएको बताइन् । बच्चाको मृत्यु सुई कै कारण भएको भएपनि कागजमा लेख्न नमिल्ने उक्त महिला चिकित्सकको भनाई थियो । 

राउत भन्छन्, “मेरो बच्चालाई चरम लापरबाहि रुपमा अस्पतालले नै मारेको हो ।”

उपचारमा संलग्न चिकित्सकलाई कारवाही र उनीहरुलाई थुनामा राखिनुपर्ने राउतको माग छ । पोस्टमार्टम रिर्पोट बुधबार दिउँसो नै चिकित्सकहरुले उपलब्ध गराउने भने पनि आज राउतलाई एक सातापछि आउनु भनेका छन् । 

मृतक बच्चालाई सेतो कपडाले बाधेर इमरजेन्सी भित्रको एउटा कुनामा राखिएको छ ।

४३ दिने मृत छोरोसँगै छिन् उनकी आमा जमुना राउत । 

“बच्चालाई जोडले सुई लगाई दिनु भयो । मैल बच्चाको हड्डी भेटिएला बिस्तारै गर्नुेहोस् भन्दा डाक्टर रिसाउनु भयो,” रुँदै उनले थपिन्, “मेरो सबै बच्चाहरु यहि जन्मेका हुन्, नर्सहरु व्यवहार बिरामी प्रति राम्रो छैनन् ।”  

पाटन अस्पतालमा बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासन पन्छिन खोजेको भन्दै स्थानीयवासी र आफन्तजनको भीड अस्पताल परिसरमा जम्मा भएको छ । 

नियाम राज राउतको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने माग पीडितका आफन्तले राखेका छन् ।

पीडीतका लागि न्याय माग्दै आफन्तहरुले नाराबाजी समेत गरेका थिए । 

तर अस्पलातको प्रशासन मौन छ । पीडितको परिवारलाई प्रहरीले पटक पटक शव उठाउन आग्रह गरिरहेका छन् भने नउठाएमा पीडीत परिवारलाई झनै अप्ठेरो हुने धम्कि दिएको पीडितको आफन्तले बताए । मुद्दा जाहेरी दिएको भन्दै प्रहरीले घटनाको छानवीन गर्न नखोजेको उनले बताए । 

पीडितका पक्षले भने शवको पुरा रिर्पोट नआउन्जेल र सजायको सुनिश्चित नभएसम्म शव नउठाउने बताएका छन् ।  

पुलिसहरुले तपाईहरुको शव उठाइदिन्छु , अस्पतालबाट निकालदिन्छु भन्दै धम्कि दिइरहेका पीडीत पक्षको गुनासो छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?