प्रदेश ३ को वर्षे अधिवेशन आजबाट अन्त्य हुँदै

काठमाडौं । प्रदेश ३ को वर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ । 

बिहीवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यलयबाट प्राप्त पत्र पढेर बैठक अन्त्य भएको घोषणा गर्ने छन् । 

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । 

त्यस्तै प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफल पछिको प्रतिवेदन निर्णयार्थ पेश हुने संसद् सचिवालयले जनाएको छ । 

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएपनि अवधी नपुगेको कारण कार्यसूचीमा राखिएको छैन । 

स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सेवा सुविधा ऐनमा पनि संशोधन गर्नुपर्ने भएकाले संशोधन सम्बन्धी दुवै ऐन एकैपटक प्रस्तुत गर्ने दलहरुका बीचमा सहमति भएको छ ।   
सरकारको सिफारिसको आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?