फ्याल्सब्याक २०१८ः यी घटनाले संसारको ध्यान तान्यो

एजेन्सी । अंग्रेजी नयाँ वर्ष शुरु हुन केही दिन मात्र बाँकी छ । सन् २०१९ को सुनौलो बिहानी सुम्पेर २०१८ बिदा हुँदैछ । 

हरेक नयाँ वर्षलाई संसारभर भव्यताका साथ स्वागत  गरिन्छ । 

ग्रेगोरियन पात्रो अनुसार जनवरी महिनाको पहिलो दिनबाट नयाँ वर्ष शुरु हुन्छ । 
यसैबिच लोकपथ डटकमले सन् २०१८ मा संसारको ध्यान तान्न सफल भएका केहि विषयवस्तु खोजी गरेको छ । 

१ . सन् २०१८ मा बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाहले विश्वकै ध्यान केन्द्रित ग-यो । उनीहरूको विवाह समारोह टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । जुन समारोह करोडौं व्यक्तिहरुले हेरेका थिए । राजकुमार ह्यारी र राजकुमारी मेघनको न्यूजील्याण्डमा भएको भव्य स्वागतले पनि छुट्टै चर्चा बटुल्यो । 

२. सन् २०१८ मा चर्चा पाएको अर्को विषय हो इन्डोनेसियामा भएको प्राकृतिक प्रकोप । सुनामी र ज्वालामुखीका कारण इन्डोनेसियामा सयौंका संख्यामा मानिसहरुले ज्यान गुमाए । लाखौं धनजनको  क्षती भयो । 

३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसवर्ष पनि विवादित बने । उनले आप्रवासीहरुमाथि लगाएको प्रतिबन्धको खुलेरै विरोध समेत भयो । साथै, इराकमा रहेको अमेरिकी सेनालाई स्वदेश फिर्ता बोलाउने ट्रम्पको बाचा अहिलेसम्म पुरा भएको छैन । 

ट्रम्पकै च्यारीटी फाउन्डेसन गैरकानुनी रुपमा सञ्चालन भएको भन्दै बन्द गरियो । यसैवर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनबीच भेटवार्ता भयो । उनीहरुबीच आणुविक हतियार परिक्षण नगर्ने विषयमा भएको छलफलले ठुलै चर्चा बटुल्यो । 

सन् २०१८ मा नै ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेसँग ऐतिहासिक भेटवार्ता समेत गरे । 

४. वेल्सका राजकुमारसँग सर्वसाधारणले खिचेको सेल्फीले पनि यो निक्कै चर्चा बुटल्यो । 

५. लण्डनमा रोयल ऐअर फोर्सको एक सयौं जन्मोत्सवमा उडाइएको विमानबाट निस्किएको विभिन्न रंगको धुवाबाट बनेको सुन्दर तस्विरले पनि यो वर्ष राम्रै चर्चा बुटल्यो । 

सम्रगमा यसवर्ष पनि थुपै घटनाहरु भए । अफगानिस्तान, पाकिस्तान, यमन, इराक लगायतका देशका सर्वधारणहरुले कार बम, हवाई आक्रमणका कारण ज्यान गुमाए । 

बलिउड नायिका दिपीका पादुकोण र रणविर सिंह तथा मिस युनिभर्स नायिका प्रियङका चेपडा र निक जोनसको विवाहले पनि यो वर्ष निक्कै चर्चा पायो ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, राजाको झल्को दिने गरी राष्ट्रपतिको सवारीको विषय,  राजासँग टिका थाप्न भिड लागेका सर्वसाधारण , सवारी  दुर्घटना, विवादास्पद संस्थाको सम्मेलनमा सरकारको सहभागिता लगायतका विषय निकै चर्चाको विषय बन्यो । 

यी हुन् सन् २०१८ का​ उत्कृष्ठ तस्वीरहरुः 

एजेन्सीको सहयोगमा । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?