अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । 

तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरेको मृत्यु भएको हो । 

बिहीवारदेखि वेपत्ता घिमिरेको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबीचमा मृत भेटिएको हो । आफूले रेखदेख गर्ने बच्चाको साथमा स्थानीय समुन्द्री किनारमा गएका घिमिरे बच्चा सुरक्षित फर्किए पनि आफू भने नफर्किएको प्रहरीले जनाएको छ ।

काठमाडौं निवासी २२ वर्षीय घिमिरे अस्ट्रेलियास्थित इक्वेल्स इन्स्टिच्युटमा नर्सिङ विषयमा डिप्लोमा अध्ययन गरिरहेका थिए ।

घटना पुष्टि गर्दै क्यानबेरास्थित नेपाली दूतावासले आफूले यसबारे आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ । 

दूतावाससे नेपालमा रहेका घिमिरेका परिवालाई घटनाबारे जानकारी गराएको जनाएको छ । 

साथै उनका दाजु अस्ट्रेलिया आएपछि मात्र शवको अन्तिम संस्कार हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?